लन्डन (बेलायत), ५ वैशाख । बेलायतको राजधानी लन्डनमा भारतीय व्यवसायस् उद्योगपति विजय माल्यलाई पक्राउ गरिएको बेलायतको प्रहरीले मङ्गलबार जनाएको छ ।
भारतको अनुरोधमा माल्यलाई पक्राउ गरी सुपुर्दगी गर्न गरिएको अनुरोधबमोजिम पक्राउ गरिएको प्रहरीले बताएको छ । उहाँमाथि ठूलो राशिको मुद्रा अपचलन गरेको आरोप भारतको प्रशासनले लगाएको छ ।
फरमुला वन टिम समूह इन्डियाका मालिक तथा ‘भडकिला व्यवसायी’ लाई मङ्गलबार नै लन्डनको एक अदालतमा उपस्थित गराई जमानतमा रिहा गरिएको छ ।
माल्यले सन् २०१६ को मार्चमा भारत छाडी फरार भएको थियो । उहाँमाथि करिब एक अर्ब अमेरिकी डलर बराबर सरकारी बैंकबाट लिई भुक्तानीको समयसम्म नतिरेको र उक्त रकम गलत उद्देश्यका लागि प्रयोग गरेको दाबी छ ।
भारतले माल्यलाई भारतीय लगानीकर्ताको अनुरोधमा पक्राउ गरी सुपुर्दगी गर्न सन् २०१७ को फेब्रुअरीमा बेलायत सरकारसँग आग्रह गरेको थियो ।
बेलायतमा माल्य पक्राउ भएपछि ‘जुनियर’ वित्तमन्त्री सन्तोष गङवारले बेलायतमा रहेका आरोपित व्यवसायीलाई स्वदेशमा जुनसुकै हालतमा ल्याएर भारतीय कानुनअनुसार कारबाही गर्ने बताउनुभएको छ ।