ब्रसेल्स (बेल्जियम), १६ वैशाख । युरोपियन युनियन (इयु) नेताले शनिबार ब्रसेल्समा सुरु भएको इयुको विशेष बैठकमा सर्वसम्मतिद्वारा बेलायतको कठोर बहिर्गमनका लागि ऐक्यबद्धता जाहेर गरेका छन् ।
उनीहरुले बेलायतको इयुसँगको बहिर्गमनका विषयमा आगामी दुई वर्ष कडा ब्रेक्जिटका विषयमा छलफल गर्ने सहमति जनाएका हुन् ।
इयुबाट अलग्गिने प्रस्ताव ल्याएको बेलायतबाहेकका २७ सदस्य राष्ट्रको शनिबार बसेको बैठक इयु प्रमुखद्वारा प्रस्तावित बेलायतसँगको वार्ताका लागि तय भएको मार्गदिशाका विषयमा एकमत देखिएको छ ।
इयु नेताले बैठकमा लण्डनको नागरिक अधिकारका विषयमा विच्छेद हुने सर्तमा ब्रेक्जिट विधेयक र उत्तरी आएरल्यान्डका विषयमा सहमति भएमा मात्र बेलायतसँग व्यापार सम्झौता गर्नुपर्ने बताएका छन् ।
वार्ताका लागि तय गरिएका मार्गदिशा एकमतले पारित भएको छ । इयुको २७ सदस्य ब्रेक्जिटका विषयमा कडा र निष्पक्ष राजनीतिक जनादेशका लागि छलफल गर्न तयार भएको छ, इयुका अध्यक्ष डोनाल्ड टस्कले सम्मेलन सुरु भएको केही समयमै ट्वीट गर्दै बताउनुभएको छ ।
यसअघि इयु सदस्यबीच केही फरक मत देखिएपछि इयु प्रमुख टस्कले सबै सदस्यहरु एक भई आउनुपर्ने बताउनुभएको थियो ।