काठमाडौँ, २ जेठ । विभिन्न जिल्लाबाट स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना र मत परिणाम आउने क्रम जारी छ ।
आज राति ९ बजेसम्म प्राप्त मत गणनाको परिणाम यस प्रकार छ ।
दलगत आधारमा
१. नेपाली काँग्रेस ः प्रमुख÷अध्यक्ष–आठ, उपप्रमुख÷उपाध्यक्ष – सात
२. नेकपा (एमाले) ः प्रमुख÷अध्यक्ष–१०, उपप्रमुख÷उपाध्यक्ष – ११
३. नेकपा (माओवादी केन्द्र) ः प्रमुख÷अध्यक्ष–सात, उपप्रमुख÷उपाध्यक्ष– तीन
४. राप्रपा ः उपप्रमुख – एक
५. स्वतन्त्र ः प्रमुख – एक, उपप्रमुख – एक
फलेवास (पर्वत) २ जेठ । पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन् ।
महाशिला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एउटाबाहेक सबै वडामा नेकपा(एमाले) विजयी भएको हो ।
अध्यक्षमा विजयी भएका पौडेलले दुई हजार ४५३ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उज्ज्वल गुरुङले दुई हजार १० मत पाएका छन् ।
यसैगरी उपाध्यक्ष पदमा विजयी हीरादेवी थापाले दुई हजार ४८३ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्दी काँग्रेसकी सिर्जना मल्ल ठकुरीको एक हजार ९५१ मत छ ।
त्यस्तै वडा नं १, ३, ४, ५ र ६ मा समेत एमालेको प्यानल नै जितेको छ । वडा नं २ मा भने काँग्रेसले जितेको छ । वडा नं १ मा ईश्वरी भुसाल, २ मा ताराबहादुर राना, ३ मा रोशन गुरुङ, ४ मा पुरनबहादुर मल्ल, ५ मा जीवन उचैं ठकुरी र ६ मा रामबहादुर सुनार विजयी भएका छन् ।
गोरखा, २ जेठ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुण्डुप लामालाई हराउँदै गुरुङ गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो ।
गुरुङले एक हजार २५३ मत ल्याउनुभएको हो भने लामाले एक हजार १८५ मत ल्याउनुभएको निर्वाचन अधिकृत हरिहर दाहालले जानकारी दिनुभयो । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी कुमारी गुरुङ विजयी हुनुभएको छ । गुरुङले एक हजार २८५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी छेवाङ लामाले ९८८ मत ल्याउनुभएको हो ।
चुमनुब्री गाउँपालिकाको सामागाउँ, ल्हो, बिही, छेकम्पार वडा काँग्रेसले जितेको छ । यस्तै प्रोक, चुम्चेत र सिर्दिवास वडा नेकपा माओवादी केन्द्रले जितेको छ । कुल मतदाता तीन हजार ८६९ रहेको चुमनुब्रीमा दुई हजार ९०० मत खसेको थियो ।
गोरखामा काँग्रेस अगाडि
दुई नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखाको स्थानीय तहमा मतगणना तीव्ररुपमा भइरहेको छ । आज साँझसम्म नेपाली काँग्रेसले एक गाउँपालिकासहित १७ वडामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ९ वडा, एमालेले ६ र नयाँ शक्तिले २ वडामा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नुवाकोट, २ जेठ । जारी रहेको स्थानीयतहको निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ । नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ । अन्तिम नतिजाअनुसार नेपाली काँग्रेस १३ वडा, नेकपा (एमाले)ले सात वडा र नेकपा माओवादी केन्द्र पाँच वडामा विजयी भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा विदुर नगरपालिका–२ मा वीरेन्द्रकुमार शाही, ३ मा बद्रीप्रसाद रिमाल, तार्केश्वर–६ मा ज्ञानेन्द्र तामाङ, शिवपुरी–१ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा इन्द्रबहादुर गुरुङ, तादी–१ बाट नकुर दोङ तामाङ, दुप्चेश्वरी–१ मा सुनबहादुर तामाङ, किस्पाङ–२ मा देवनाथ भट्ट, मेघाङ–२ मा रुपबहादुर श्रेष्ठ र दुप्चेश्वर गाँउपालिका–३ मा धुव्रकुमार केसीको प्यानल नै विजयी भएको छ ।
यस्तै, शिवपुरी गाँउपालिका–३ मा रामहरि थापाको प्यानल नै विजयी भएको छ । शिवपुरी–४ सिक्रेमा वडाध्यक्षमा झमक गुरुङसहित काँग्रेसबाट तीन सदस्य विजयी भएका छन् ।
यस्तै, नेकपा (एमाले) का तर्फबाट उम्मेदवार रहेका मेघाङ–१ मा दलसिंह तामाङ, बेलकोटगढी नगरपालिका–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेशकुमार न्यौपाने, विदुर नगरपालिका–१ मा लेनिन रञ्जित, ककनी गाँउपालिका–१ मा चन्द्रबहादुर श्रेष्ठ, तार्केश्वर–५ मा चुडामणिप्रसाद गजुरेल र किस्पाङ गाँउपालिका–४ मा एकराज घले विजयी हुनुभएको छ । यस्तै, लिखु गाँउपालिका–२ मा भीमबहादुर घलेको प्यानल नै विजयी भएका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका तर्फमा किस्पाङ–१ मा आइतबहादुर घले, तादी–२ मा बच्चुराम तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, पञ्चकन्या–१ मा मणिनाथ लामिछाने र दुप्चेश्वर–२ मा दावा तामाङ विजयी हुनुभएको छ । नुवाकोटमा १२ स्थानीतयहमा ८८ वटा वडा छन् ।
बागलुङ, २ जेठ । बागलुङ नगरपालिका–३ मा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बाँस्कोटा अध्यक्ष पदमा विजयी बन्नुभएको छ । नेकपा (एमाले), राप्रपा र राजमोको संयुक्त प्यानलबाट बाँस्कोटा विजयी बन्नुभएको हो । वडा नं ३ मा अन्य दलका उम्मेदवारलाई पछि पार्दै एमाले–राजमो–राप्रपाको प्यानल नै विजयी बनेको छ ।
यसअघि भएको वडा नं १ र २ को मतगणनामा पनि यही प्यानलका अध्यक्षले जित हात पारेका थिए । काँग्रेसको बलियो मत रहेको भनिएका वडामै काँग्रेस पछि परेको छ । जितसँगै अहिले सदरमुकाम बागलुङबजारमा विजयी दलका कार्यकर्ताले ¥याली निकालेका छन् । अहिले वडा नं ४ को मतगणना चलिरहेको छ ।
ललितपुर, २ जेठ । ललितपुरको महाकाल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सो पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै उपप्रमुखमा एमालेका कमला तामाङले दुई हजार २६३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुशीला अधिकारीले एक हजार ३९९ मत प्राप्त गर्नुभएको थियो ।
बाबियाचौर (म्याग्दी), २ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाको वडाध्यक्षमा नेकपा एमालेका पुर्म पुन ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन ४६४ मत र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी रसाइली ४५९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खुल्ला वडा सदस्यमा एमालेका खबहादुर बुढा ४७६ मत र देउदत्त मल्ल ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । एक हजार ५९७ मतदाता रहेको मुनामा एक हजार ६१ मत खसेको थियो । धौलागिरि–४ मुदीको पनि मतगणना सुरु भएको छ ।
अन्नपूर्ण–५ मा काँग्रेस विजयी
यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेशकुमार पुनले ५७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । मगरका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर पुन मगरले ४६४ मत प्राप्त गर्नुभएको थियो ।
सदस्यहरुमा सबै काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा बिर्जु रन्तिजा ६२७, दलित महिला सदस्यमा रामसुवा नेपाली ६३४, खुल्ला सदस्यमा राजेश तिलिजा पुन ६३२ र धनबहादुर पाइजा ६४५ मत ल्याई निर्वाचित हुनुभएको छ । एक हजार ९४७ जना मतदाता रहेको शिखमा एक हजार २०८ मत खसेको थियो ।
अध्यक्ष काँग्रेस २११, एमाले १३४, माओवादी केन्द्र ३२७ , बेनपा २ मा एमाले र ३ मा स्वतन्त्र उम्मेदवार विजयी
बाबियाचौर (म्याग्दी), २ जेठ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा (एमाले), राप्रपाको प्यानलका चार र नेपाली काँग्रेसका एकजना उम्मेदवार विजयी भएका छन् ।
एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापाले ६३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९२, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर कार्कीले २११ मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्यमा एमालेकी एमालेकी डिलकुमारी घिमिरे ६६७, गौमती नेपाली ६२०, खुल्ला सदस्यमा राप्रपाका चन्द्र कुँवर ५५८, काँग्रेसका डम्मरबहादुर पोखरेलले ५६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यसैगरी बेनी नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर निर्वाचित हुनुभएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा स्वतन्त्रका रत्नबहादुर जिसी ४६१, एमालेका गेमबहादुर घर्तिमगर ४९५, महिला सदस्यमा एमालेकी मनकुमारी पुन ४६४, दलित महिला सदस्यमा हरिकला दमाईंले ४६० मत ल्याएर विजयी हुनुभएको छ ।
बेनी नगरपालिकाको १, २ र ३ वडाको मतगणना गर्दा प्रमुखमा एमालेका प्रमोद श्रेष्ठको एक हजार ९२६ र नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले एक ५४६ र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले एक हजार १०८ मत प्राप्त गर्नुभएको छ ।
सल्यान, २ जेठ । सल्यानमा आइतबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । दुई गाउँपालिकासहित ३७ स्थानीय तहको मत परिणाम सार्वजनिक गरिएको छ ।
दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नीमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो । सो क्षेत्रमा नेपाली काँग्रेस र नेकपा(एमाले)बीच समीकरण गरिएको भए पनि माओवादी केन्द्र विजयी भएको हो ।
यसैगरी दामागाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा माओवादी केन्द्रका डिल्ली केसी, वडा नं ३ मा माओवादी केन्द्रका सेतीराम रोका, वडा नं ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, वडा नं ५ मा माओवादी केन्द्रका दुर्गा मल्ला र वडा नं ६ मा रामबहादुर केसी विजयी हुनुभएको छ ।
यसैगरी ढोरचौर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
ढोरचौर गाउँपालिका–१ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत विजयी हुनुभएको छ । वडा नं २ मा माओवादी केन्द्रकै रुद्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेकपा एमालेका शालिकराम बुढाथोकी र वडा नं ५ मा नन्दलाल बोहरा विजयी हुनुभएको छ । वडा नं ४ मा भने नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथामार्फत काँग्रेसका दिनेश विएम विजयी हुनुभएको छ ।
यसैगरी वागचौर नगरपालिका–१ मा नेपाली काँग्रेसका नेत्रबहादुर डाँगी, वडा नं २ मा नेकपा एमालेका घनश्याम शर्मा विजयी हुनुभएको छ । यस्तै वडा नं. ३ मा माओवादी केन्द्रका टीकाराम खत्री, १२ मा नेकपा माओवादी केन्द्रका दीपक वली, वडा नं ११ मा मोहन खड्का र वडा नं १० मा कृष्णबहादुर खड्का विजयी हुनुभएको छ ।
यसैगरी शारदा नगरपालिका–१ मा नेकपा एमालेका नवराज बुढाथोकी, वडा नं २ मा टोपबहादुर थापा र वडा नं ३ मा केशव सिंह बुढाथोकी विजयी हुनुभएको छ । यस्तै वडा नं ४ मा नेपाली काँग्रेसका सुधन विष्ट, वडा नं ५ मा प्रदीप शाही र वडा नं ६ मा भिखराज बुढाथोकी विजयी हुनुभएको छ ।
यस्तै वनगाड कुपिण्डे नगरपालिका–१ मा नेकपा एमालेका शान्तकुमार यरी, वडा नं १२ मा गोविन्द डाँगी विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा माओवादी केन्द्रका प्रतिमल रोकाय विजयी हुनुभएको छ ।
यस्तै कपुरकोट गाउँपालिका–१ मा माओवादी केन्द्रका बालाराम खड्का र वडा नं २ मा मानबहादुर राना विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेपाली काँग्रेसका मीनबहादुर सेन विजयी हुनुभएको छ ।
यसैगरी त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा नेपाली काँग्रेसका मेघराज खड्का विजयी हुनुभएको छ । यसैगरी छत्रेश्वरी गाउँपालिका–१ मा नेपाली काँग्रेसका नेवबहादुर शाह, वडा नं २ माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेकपा एमालेका राजबहादुर वुढाथोकी विजयी हुनुभएको छ ।
यसैगरी कालीमाटी गाउँपालिका–७ मा नेपाली काँग्रेसका नैनसिंह राना, वडा नं ६ मा माओवादी केन्द्रका टेकबहादुर थापा पुलामी र वडा नं ५ मा नेकपा एमालेका चन्द्रबहादुर गाह विजयी हुनुभएको छ ।
शारदा नगरपालिकामा मत गणना रोकियो
यसैबीच शारदा नगरपालिकामा भइरहेको मत गणना केहीबेर अघिदेखि रोकिएको छ । मत हराएको विषयमा नेकपा एमालेले मत गणना बहिष्कार गरेपछि मत गणना प्रभावित भएको छ । यस विषयमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको छ ।
कुमाख मालिका गाउँपालिकामा मतदान सम्पन्न
कुमाख मालिका गाउँपालिकामा स्थगित भएको मतदान सम्पन्न भएको छ । कुमाख गाउँपालिका–७ मा नेपाली काँग्रेसका वडा सदस्य उम्मेदवार दलबहादुर राणाको घरको छतबाट खसेर मृत्यु भएपछि स्थगित भएको निर्वाचन आज सम्पन्न गरिएको हो । अहिले मतपेटिका केन्द्रमा ल्याउने तयारी भएको र आजै बेलुकादेखि मत गणना गरिने बताइएको छ ।
मरिण गाउँपालिकामा माओवादी केन्द्रको प्यानल नै विजयी
सिन्धुली, २ जेठ । सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ ।
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पानिराज बम्जन चार हजार ७४१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । माओवादी केन्द्रकै उपाध्यक्ष पदका उम्मेदवार सङ्गीता माझीले चार हजार ५२५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।
यस्तै नेपाली काँग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नवराज श्रेष्ठ आकासले एक हजार ७४५, उपाध्यक्ष पदका उम्मेदवार विमला माझी एक हजार ८९२ र नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानलका नयाँशक्तिका एक बहादुर रानाले एक हजार ८६६ र नेकपा (एमाले)की उपाध्यक्ष शर्मिला माझीले एक हजार ९७७ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसले सिन्धुलीको गोजन्जोर गाउँपालिका–२ मा दौलत कार्की ४७७, ५ मा वुद्धिबहादुर पाल्पाली खड्का ५३०, वडा नं ३ मा पुष्कर बरालले ४४२, फिकल गाउँपालिका–१ मा चेतबहादुर विश्वकर्मा ६००, कमलामाई नगरपालिका–१ मा महेश खतिवडा ९१५, दुधौली नगरपालिका–१ मा गोविन्द पहाडी ९५० र तीनपाटन गाउँपालिका–३ मा लालबहादुर स्याङ्तान ३९५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
यस्तै नेकपा (एमाले)ले तीनपाटन गाउँपालिका–१ मा गोविन्द राउत ७६६, २ मा हेमबहादुर श्रेष्ठ ५१९, गोलन्जोर गाउँपालिका–४ मा वेगबहादुर मगर ६७६, फिकल गाउँपालिका–२ मा शंकरबहादुर भण्डारी ६७३, ३ मा टेकबहादुर रजनमगर ५७६, दुधौली नगरपालिका–३ मा साने धामी ६५०, सुनकोसी गाउँपालिका–३ मा भोजकुमार सिञ्जाली ३२७ र कमलामाई नगरपालिका–३ मा खड्गप्रसाद चौलागाई ३९१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।
यस्तै मरिण गाउँपालिका–१ मा हिराबहादुर गुर्मछान ६१६, वडा नं २ मा चन्द्रनाथ गौतम ६६७, वडा नं ३ मा विमर्श मोक्तान ६९३, वडा नं ४ मा धनबहादुर स्याङ्तान ८७८, वडा नं ५ मा प्रचार सिं बम्जन ४३१, वडा नं ६ मा कुरसाङ लामा ६२२ र वडा नं ७ मा राजन थापाले ७०५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । यस्तै माओवादी केन्द्रका गोलन्जोर गाउँपालिका–१ मा मीनबहादुर सुनुवार ५२८, हरिहरपुरगढी गाउँपालिका–१ मा कार्साङ घलान ६७६ र चन्द्रबहादुर राई ४२९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
चरिकोट, २ जेठ । स्थानीय तहको निर्वाचनको पछिल्लो परिणामअनुसार दोलखा जिल्लाको विभिन्न स्थानबाट मत परिणाम प्राप्त हुने क्रम जारी छ ।
पछिल्लो मत परिणामअनुसार जिरी नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ बाट विजयी हुनेको नामावली प्रकाशन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दोलखाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिरी नगरपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवारको प्यानल नै विजयी भएका छन् । वडा नं १ को वडाध्यक्षमा लाक्पा शेर्पा, खुला सदस्यहरुमा भक्तबहादुर खड्का, सन फिन्जु शेर्पा, महिला सदस्यमा लालमाया गुभाजु, दलित महिला सदस्यमा लीलामाया विक विजयी हुनुभएको छ ।
त्यसैगरी जिरी नगरपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट ङिमापाल्दे शेर्पा, खुला सदस्यमा आङङिमा शेर्पा र पूर्णबहादुर खत्री, महिला सदस्यमा शान्ति कार्की र दलित महिला सदस्यमा निर्मला विक विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । जिरी नगरपालिका–३ मा एमालेको प्यानल नै विजयी भएका छन् जसमा अध्यक्षमा नुर्वु शेर्पा, सदस्यमा मिङमर शेर्पा, युवराज बस्नेत, महिलामा मञ्जु कार्की खड्का र दलित महिला सदस्यमा किष्णमाया दमिनी विजयी भएका छन् ।
यसैगरी जिरी नगरपालिका–४ मा पनि एमालेका प्यानल नै विजयी भएका छन् जसमा अध्यक्षमा पदेमान जिरेल, सदस्यमा कृष्णबहादुर कार्की, शिवबहादुर कार्की, महिला सदस्यमा रश्मिला राई जिरेल रहेका छन् । त्यसैगरी जिरी नगरपालिका–५ को अध्यक्षमा माओवादी केन्द्रबाट अध्यक्ष ङिमा साङ्गे शेर्पा र अन्य सदस्यमा एमालेका तर्फबाट नरबहादुर जिरेल, रामबहादुर जिरेल, महिला सदस्यमा चिनिमाया जिरेल शेर्पा र दलित महिला सदस्यमा देवकी विक विजयी भएका छन् ।
यसैगरी जिरी नगरपालिका–६ मा पनि एमालेका प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा गोपाल कार्की, सदस्यमा प्रकाश जिरेल, लीलाबहादुर जिरेल, महिला सदस्यमा मनमाया र दलित महिला सदस्यमा तारादेवी विश्वकर्मा रहेका छन् । भीमेश्वर नगरपालिका–१ मा एमालेका प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा वीरबहादुर थामी, सदस्यमा तिलकबहादुर थामी, मुरारीराज सिवाकोटी, महिला सदस्यमा गौरी थामी र दलित महिला सदस्यमा कल्पना खाती विजयी भएका छन् ।
कालिञ्चोक गाउँपालिका–१ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा बाबुलाल थामी, सदस्यमा अकलबहादुर तामाङ, डम्बरबहादुर तामाङ, महिला सदस्यमा करुणा थामी र दलित महिला सदस्यमा फुलमाया विक विजयी भएका छन् । कालिन्चोक–२ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका नानी पाण्डे विजयी भएका हुन् ।
विगु गाउँपालिका–१ ,२ र ३ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएका छन् जसमा वडा नं १ को अध्यक्षमा हिरन्डेबहादुर गुरुङ, सदस्यमा जितवीर तामाङ, रामबहादुर तामाङ, महिला सदस्यमा माया तामाङ र दलित महिला सदस्यमा बाटुली कामी विजयी भएका छन् भने वडा नं २ को वडाध्यक्षमा कृष्ण ठकुरी, सदस्यमा डिलबहादुर तामाङ, मुक्तिराम तामाङ, महिला सदस्यमा लुङमाया तामाङ र दलित महिला सदस्यमा, टलमाया कामी विजयी भएका छन् । ३ नं वडामा श्रीराम खड्का विजयी भएका छन् ।
त्यसैगरी गौरीशङ्कर गाउँपालिका–१ मा एमालेका प्यानल नै विजयी भएका छन जसको वडाध्यक्षमा झलककुमार कार्की, सदस्यमा गोरे तामाङ, पूर्णबहादुर जिरेल, महिला सदस्यमा पेमा जिरेल र दलित महिला सदस्यमा लीलामाया सार्की विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी वैत्यश्वर गाउँपालिका–८ पनि नेपाली काँग्रेस र माओवादी केन्द्रका संयुक्त उम्मेदवारहरु विजयी भएको कार्यालयले जनाएको छ । जसमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा रमेशकुमार अधिकारी, नेपाली काँग्रेसका तर्फबाट खुला सदस्यमा डिल्लीराज श्रेष्ठ, देवराज खत्री, महिला सदस्यमा माओवादी केन्द्रका तर्फबाट लाटीकान्छी बस्नेत र दलित महिला सदस्यमा नेपाली काँग्रेसकी रुद्रमाया दास विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी जिरी नगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट टङ्क जिरेल अग्रस्थानमा रहेका बुझिएको छ । त्यसैगरी वैत्यश्वर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका छवि लामा अग्रस्थान हुनुहुन्छ भने तामाकोसी गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसका भवेन्द्र कार्की अग्रस्थानमा हुनुहुन्छ । त्यसैगरी सैलुङ गाउँपालिकाको मतगणना आज बिहान ८ बजेबाट सुरु गरिए पनि कुनै पनि परिणाम सार्वजनिक गरिएको छैन । कालिञ्चोक गाउँपालिकामा संयुक्त प्यानलले अग्रता लिएको जानकारी प्राप्त भएको छ भने विगु गाउँपालिकामा पनि मतगणना जारी रहेको बताइएको छ ।