नयाँ दिल्ली, २१ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लन्डनमा शनिबार राति भएको आतङ्ककारी आक्रमणको निन्दा गर्नुभएको छ ।
सिन्हवा समाचार समितिका अनुसार यस आक्रमणमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका थिए ।
लन्डनमा भएको यस घृणाजनक कार्यको हाम्री निन्दा गछौँ’ यस आक्रमणमा ज्यान गुमाएका दिवङ्गत आत्माको चिरशान्ति र घाइतेलाई छिटै स्वास्थ्य लाभको कामना गर्दछाँै’ मोदी आफ्नो ट्वीटरमार्फत लेख्नु भएको छ ।
लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा सदिग्ध आतङ्ककारीले जथाभाबीरुपमा छुरा प्रहार गरेको यस दुई वटा घटनामा परी मारिनेको सङ्ख्या छ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
गत २२ मे साँझमा आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको साथै दर्जनौँ व्यक्ति घाइते थिए ।
यस भीषण घटनाको दुई हप्ता वित्न नपाउँदै पुनः लण्डनमा भएको आतङ्ककारी आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्य कैयौँ नेताले निन्दा गरेका छन् ।