लन्डन । संयुक्त अधिराज्य बेलायतका सेनाध्यक्ष निकोलस प्याट्रिक कार्टरको औपचारिक निमन्त्रणामा बेलायत भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उच्च सैनिक अधिकारीहरुसंग भेटघाट गरेका छन् ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशको सम्मेलनमा सहभागी भई बेलायत आएका क्षत्रीले कार्टरलगायत गोर्खा बिग्रेडका उच्च सैनिक अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरी बेलायती सेनामा भइरहेको आधुनिकीकरणसम्बन्धी जानकारी लिनुका साथै द्विपक्षीय पारस्परिक हितका बारेमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति क्षत्रीको भ्रमणले नेपाल र बेलायतबीचको २०० वर्षभन्दा पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनाका साथै दुवै देशका सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु मजबुत हुने विश्वास नेपाली सेनाले लिएको छ ।
क्षत्री यही असार ३१ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।