बेलायतमा नेपाली प्रतिभा नक्षत्र सांझको तयारी

लन्डन । नेपालीको मौलिक संस्कृति र पहिचान प्रतिनिधित्व हुने गरि सबै नेपालीलाई एउटै थलोमा उभ्याउन लन्डनमा ‘नेपाली प्रतिभा नक्षत्र २०१७’ सांझ गरिने भएको छ ।

यही आइतबार १३ अगष्ट २०१७, प्लमस्टिडको एसियन कम्युनिटी हलमा सांझ ५ देखि ११ बजे सम्म कार्यक्रम हुन लागेको हो ।

गोर्खा क्लब र खस समाज यूकेको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बालबालिका र युवाहरुको प्रतिभा उजागर गर्ने आयोजकको उद्देश्य छ ।

मुख्य संयोजक कलाकार मनिष श्रेष्ठले नेपाली कला, संस्कृतिको जगेर्ना र प्रतिभाहरुलाई प्रोत्साहन गर्न पृथक शैलीमा कार्यक्रम गर्न लागिएको जनाउंदै सहभागी प्रतिभामध्ये उत्कृष्ट छनोट गरि पुरस्कृत गरिने बताए ।

नेपाली कला, संगीत, साहित्य लगायत अन्य विद्याका उत्कृष्ट प्रतिभावान नक्षत्रहरुलाई पुरस्कृत गरिने आयोजकमध्ये एकजना राजेन्द्र खसले बताए । कार्यक्रममा हल सजावट, स्टेज, प्रवेशद्वार आदि नेपालकै झल्को दिने गरि मौलिक बनाइनेछ ।

आयोजकले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् । कार्यक्रमका सह संयोजक इन्द्र कार्की खस हुन् भने कोरियोग्राफी सिम्मी पुनको जिम्मामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री