लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको सातौं कार्यसमिति निर्वाचन सम्बन्धि कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले बिहीबार सांझ सडबरीस्थित हिमालय क्लबमा आयोजित कार्यक्रममार्फत निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका अनुसार, प्रथम मतदाता नामावली प्रकाशन -१९ अगष्ट २०१७ सांझ ५ बजे, मतदाता नामावली उपर दाबी विरोध २० अगष्ट अपरान्ह ३ बजेसम्म, अन्तिम मतदाता नामावली प्रकाशन – २० अगष्ट सांझ ८ बजे, उम्मेदवारी मनोनयन पत्र दर्ताः २६ अगष्ट बिहान १० देखि अपरान्ह ३ बजे सम्म, उम्मेदवारको नामावली प्रकाशनः २६ अगष्ट अपरान्ह ५ बजे, उम्मेदवारको नामावली उपर दाबी विरोध २८ अगष्ट बिहान ११ बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता २८ अगष्ट अपरान्ह १ बजे सम्म, अन्तिम उम्मेदवारी नामावली प्रकाशन २८ अगष्ट अपरान्ह २ बजे तोकिएको छ ।
त्यसैगरि, हुलाक मार्फत मतपत्र प्रेषण (वेल्स, स्कटल्याण्ड र आयरल्याण्ड) ३० अगष्ट, हुलाक मार्फत मतदान गर्ने समय तालिका ८ सेप्टेम्बर २०१७ अपरान्ह ५ बजे सम्म (आइपुग्नु पर्ने) समितिले जनाएको छ ।
गैर आवासीय नेपाली संघ बेलायतको सातौं राष्ट्रिय अधिबेशन आगामी सेप्टेम्बर ९, २०१७ का दिन हुंदैछ । मतदान बिहान ८ देखि अपरान्ह ३ बजेसम्म इंग्ल्याण्डका विभिन्न बुथमा हुनेछ ।
सो अधिवेशनले आगामी २०१७-१९ को लागी नयां कार्यकारिणी निर्वाचित गर्नेछ ।
निर्वाचन समितिमा संयोजक डा. चन्द्र लक्सम्बा, सदस्य सचिव रामशरण सिम्खडा, सदस्यहरु पूर्ण लक्सम, कृष्ण गुरुङ्ग, विजन भट्ट, दुत पुन र सुमाया राई छन् ।
उक्त कार्यक्रममा निर्वाचन समितिका पदाधिकारीसहित एनआरएनए सल्लाहकार विश्वआदर्श पण्डित, युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ्ग, पूर्व अध्यक्षहरु सूर्य गुरुङ्ग, योगेन क्षेत्री, अध्यक्षका तीनैजना आकांक्षी कृष्ण तिमल्सेना, हिराधन राई, योग फगामी लगायत एनआरएनए आइसीसी सदस्य एवं इटाली समितिका पूर्व अध्यक्ष सन्जयदेव श्रेष्ठ सहभागी थिए । सहभागीले सदस्यता, अरु प्राविधिक जटिलता लगायत आम चासोका विषयमा विभिन्न जिज्ञासा राखेका थिए ।
निर्वाचन समितिले निर्वाचनका क्रममा समाजमा विखण्डन नल्याइ एकापसमा एकताको वातावरण सृजना गर्न आग्रह गरेको छ ।
तालिका विस्तृत रुपमाः
गैर आवासीय नेपाली संघ यूके (NRNA UK) को सातौं कार्यसमिति निर्वाचन सम्बन्धी जरुरी सूचना !
गैर आवासीय नेपाली संघ (NRNA UK) को सातौं राष्ट्रिय अधिबेशन आगामी सेप्टेम्बर ९, २०१७ का दिन सम्पन्न हुंदैछ । सो अधिबेशनले आगामी २०१७-१९ को लागी नयां कार्यकारिणी समेत निर्वाचित गर्ने हुंदा संस्थाको बिधान अनुसार सदस्यता प्राप्त गरि योग्य र ईच्छुक महानुभावहरु तथा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । गैर आवासीय नेपाली संघ यूकेबाट अन्तराष्ट्रिय समन्वय समितिमा प्रतिनिधित्व गर्ने सदस्य (ICC Member) समेतको निर्वाचन गरिने जानकारी गराईन्छ । उम्मेदवारी मनोनयन फारम तथा निर्वाचन सम्बन्धी अन्य सम्पूर्ण जानकारी संस्थाको वेवसाइट www.uk.nrna.org बाट उपलब्ध हुनेछ ।
पद संख्या शुल्क
अध्यक्ष १ ११५० पाउण्ड
महिला उपाध्यक्ष १ ८५० पाउण्ड
उपाध्यक्ष ५ ८५० पाउण्ड
महासचिब १ ८५० पाउण्ड
उपमहासचिब १ ७०० पाउण्ड
सचिब ३ ६५० पाउण्ड
कोषाध्यक्ष १ ६५० पाउण्ड
सह-कोषाध्यक्ष १ ६५० पाउण्ड
युवा र महिला संयोजक १/१ ६५० पाउण्ड
सदस्य ९ ३५० पाउण्ड
अन्तराष्ट्रिय परिषद प्रतिनिधी १ (कम्तीमा) ११५० पाउण्ड साथै
($५०० सचिबालय संचालनार्थ)
(१००० पंजिकृत सदस्य (Registered Member) बराबर एक जना प्रतिनिधि छानिने भएकोले सदस्यता संख्या निर्क्यौल भएपछि ICC Member को संख्याबारे जानकारी गराइनेछ)
१) निर्वाचन गर्नको लागी NRNA UK कार्य समितिले डा. चन्द्र लक्सम्बाको नेतृत्वमा सात सदस्यीय एक निर्वाचन समिति गठन गरेको छ । सदस्यता बितरण/नबिकरण तथा विदुतीयअध्याबधिक लगायत सम्पूर्ण कामको लागी कार्य समिति अन्तर्गत उपाध्यक्ष राष्ट्र राई को संयोजकत्वमा एक समिति जिम्मेवार रहनेछ । सदस्यता सम्बन्धी कुनै बिबाद आएमा सम्पूर्ण रुपमा सो समिति जवाफदेही हुनेछ ।
२) निर्वाचन सम्बन्धी कार्यतालिका बनाउने, मतदान अधिकृत तथा कर्मचारी तोक्ने, मतदान केन्द्र निर्धारण गर्ने, निर्वाचनको ब्यबस्थापन गर्ने तथा अन्तराष्ट्रिय परिषदले जारी गरेको राष्ट्रिय अधिबेशमन नियमावलीको आधारमा निर्वाचन नियमावली बनाउने; परिमार्जन गर्ने तथा निर्वाचन सम्बन्धी कार्यतालिका फेरबदल गर्ने सम्पूर्ण अधिकार निर्वाचन समितिलाई रहनेछ ।
३) निर्वाचन सम्बन्धी जुनसुकैः बिषयमा देखिएको बिबाद तथा अस्पष्टताको बारेमा निर्वाचन समितिले निर्णय गरी संयोजकले दिएको निर्णयनै अन्तिम हुनेछ ।
४) निर्वाचनको सुपरिबेक्षण गर्नको लागी NRNA ICC ले एक अधिबेशन प्रतिनिधि मनोनयन गर्नेछ भने स्थानीय स्तरमा सुपरिबेक्षणको लागी निर्वाचन समितिले एक सुपिरबेक्षण समिति चयन गर्नेछ ।
५) कुनै समूह वा प्यानलको आधारमा चुनाब लड्न वा समूहगतरुपमा मतको आह्वान गर्न वा प्रचार प्रसार गर्न पाईने छैन ।
६) उम्मेदवार अनिबार्यरुपमा निर्वाचन समितिको नियमित सम्पर्कमा रहनु पर्नेछ ।
७) निर्वाचन समितिले तोकेको आचारसंहिता र नियमावलीको उलंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्न सकिने छ ।
८) मतदाता नामावलीमा दाबी बिरोधको लागी सदस्यता प्रमाणिकरण समितिका राष्ट्र राई [email protected] तथा अध्यक्ष मुछेत्र गुरुङ्ग ([email protected]) लाई र निर्वाचन सम्बन्धी अन्य सम्पूर्ण बिषयको लागी (उम्मेदवार नामावलीमा दाबा बिरोध वा निर्वाचन सम्बन्धी उजुरी आदीका लागी [email protected] मा ईमेल पठाउनु पर्ने छ । मौखिक (फोन) वा अन्य माध्यमबाट उजुरी लिईने छैन !