लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन् । शनिबार रातभरको मतगणनापछि नयां नेतृत्व फगामीको पक्षमा गएको हो । फगामीले १२९८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याए ।
‘यो जितले एकदम उत्साहित छु’, निर्वाचित भएपछि वीनेपालीलाई प्रतिक्रिया दिंदै फगामीले भने, ‘मेरो जितका लागि बेलायतवासी नेपाली सबैले सहयोग गर्नुभयो आभार व्यक्त गर्दछु । अब दुई वर्षे कार्यकाल सफल बनाउन पनि पूर्ण सहयोग हुने आशा छ ।’ उनले बाहिरिने साथीहरुसंग पनि सहकार्य गरेर जाने बताए ।
त्यसैगरि, उपाध्यक्षमा डा. प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशिला राई निर्वाचित भएका छन् । महासचिवमा राजकुमार त्रिपाठी (१०४० मत) विजयी भए भने उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल ‘गाउंले’ र सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सह-कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भए ।
सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए ।
आइसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
औपचारिक घोषणासभा आज दिउसो हुन कार्यक्रम छ ।
शनिबार लन्डनस्थित हयारो, प्लमस्टिड, अल्डरसट एवं लेस्टर गरि चार ठाउंमा राखिएका मतदान केन्द्रहरुमार्फत ७८.४ प्रतिशत मतदाताले उत्साहजनक रुपमा मतदान गरेका थिए । निर्वाचन समितिका अनुसार, हयारो बुथमा ५२३ (७७ प्रतिशत), प्लमस्टिडमा ४८८ (७२ प्रतिशत), अल्डरसटमा १३८२ (८० प्रतिशत) र लेस्टरमा ४८९ (८० प्रतिशत) मत खसेको थियो ।
अल्डरसट बुथका लागि १७२६, लेस्टर ६०६, हयारो ६७३ र प्लमस्टिडमा ६७१ मतदाता थिए ।
कसले कति मत ल्याए ?
अध्यक्ष –
कृष्णप्रसाद तिमल्सेना 912
हिराधन राई 560
योग कुमार फगामी 1298
उपाध्यक्ष –
दयानिधी सापकोटा 957
दीपककुमार श्रेष्ठ 862
डा. दिलिप कुमार यादव 365
डा. प्रेम बहादुर आले-1268
प्रेम गाहा मगर 1049
पुनम गुरुङ 1611
भोलानाथ खनाल 433
राष्ट्र राई 988
ललित कुमार न्यौपाने 1108
शेर बहादुर सुनार 1433
शुसिला राई 1209
महासचिव
खुशी लिम्बु 682
फडिन्द्र भट्टराई 827
राज कुमार त्रिपाठी 1040
उपमहासचिव
कृष्ण तिवारी 1022
विनय अधिकारी 1059
सचिव –
तारानाथ भण्डारी 1451
नारायण पौडेल ‘गाउँले’ 1366
सुरज मास्के 1188
सुनिल बाबु खड्का 988
कोषाध्यक्ष –
महेश गिरी 670
शालिकराम सापकोटा 608
सचिन श्रेष्ठ 779
सहकोषाध्यक्ष
गजेन्द्र गुरुङ 1265
सुरज पौडेल 801
युवा संयोजक
कुमार थापा 987
विरेन्द्र श्रेष्ठ 625
राजन खकुरेल-896
लाल बहादुर गुरुङ 1305
सदस्यहरु
अर्कराज तिमल्सिना 1183
कमल कँडेल 764
कुलेश्वर (कृष्ण) ढकाल-870
गंगा बहादुर राना-1178
डेबिन्द्र थापा-1099
तिलकराज भट्टराई 713
पवन शर्मा 990