सरकार बचाउन हाम्रो समर्थन – थापा 

कमल थापा

तिलोत्तमा, रुपन्देही, २५ असोज (रासस) – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धरापमा परेको सरकारलाई बचाउन आफ्नो पार्टीले समर्थन गरेको बताउनुभएको छ ।

बुटवलमा आज रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन मंसिरमै हुने सुनिश्चितताका लागि सरकारको समर्थन गरेको उल्लेख गर्नुभयो ।

निर्वाचन समयमै गर्न प्रधानमन्त्री प्रतिबद्ध रहेको अध्यक्ष थापाको भनाइ थियो ।

उहाँले सरकारलाई अप्ठेरो पार्न बाम एकता भएको बताउँदै अब लोकतन्त्रावादीहरुको एकताका लागि निर्वाचनमा काँग्रेस र अन्य लोकतान्त्रिक दलहरूसँग समीकरण गरेर जाने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लोकतान्त्रिक शक्तिबीच तालमेल भए पनि सिट संख्याको विषयमा टुंगो लागेको छैन ।”

दुई राप्रपाको एकीकरण भने हल्ला मात्रै भएको उहाँले बताउनुभयो ।

मंसिरमा निर्वाचन सम्पन्न भएसँगै हिन्दु राष्ट्रको विषयमा पनि जनमत संग्रह हुनुपर्ने उहाँको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री