काठमाडौँ । नेपालस्थित प्यासिफिक पब्लिकेशन प्रा.लि. ले आफ्नो छैठौं वार्षिक उत्सवका अवसरमा नेपालस्थित विदेशी राजदूत तथा अन्तर्राष्ट्रिय व्यवसायी एवं समाजसेवीहरुलाई सम्मान गरेको छ ।
प्रमुख अतिथि नेपालका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले एक समारोहबीच नेपालस्थित बंगलादेश, श्रीलंका र म्यानमारका राजदूतहरुलाई कूटनैतिक सेवा सम्मान प्रदान गरे । साथै अन्तर्राष्ट्रिय व्यवसायी एवं समाजसेवी नरेन्द्र कंडेललाई विशेष सम्मान प्रदान गरियो ।
कंडेल काठमाण्डौंस्थित दि ब्रिटिश कलेजका निर्देशक हुन् भने उनको बेलायतमा कलेज, फार्मेसी, रेष्टुरेन्ट, प्रोपर्टी आदिमा लगानी छ ।
सोही समारोहमा आयोजक संस्थाद्वारा प्रकाशित ‘भीष्म पितामह’ र ‘व्यक्तित्व विकास कसरी गर्ने’ नामका दुई पुस्तक समेत लोकार्पण गरिएको थियो ।
समारोहको सभापतित्व स्वतन्त्र पत्रकार एवं संस्थाका सल्लाहकार लोचन कुमार थपलियाले गरेका थिए ।