प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा चारवटै सुरक्षा निकायसँग प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाबारे छलफल गर्नुहुँदै । तस्बिर- रोशन सापकोटा, रासस
प्रधानमन्त्री देउवाले चारवटै सुरक्षा निकायका प्रमुखसंग आज प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी निर्वाचनको सुरक्षा चुनौती सम्बोद्धन हुने गरी तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिनुभएको हो ।
‘निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउनुहोस्’, गृहमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो – ‘सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ ।’
उहाँले संविधान र कानुनको परिधिभित्र रहेर निर्वाचन सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई सचेत गराउनुभयो ।
सो अवसरमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको सुरक्षा योजनावारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभयो ।
सो अवसरमा मुख्य सचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीको उपस्थित थियो ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।