लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा मनोनयन गरिएका २१ मध्ये २ जना युकेबाट परेका छन् ।
प्रवासी नेपाली मंच बेलायतका पूर्व अध्यक्ष रामशरण सिम्खडा र एनआरएनए युके पूर्व आइसीसी सदस्य सुष्मा राई गैरआवासीय नेपाली संघ आइसीसी सदस्यमा मनोनित भएका हुन् ।
शुक्रवार बसेको आइसीसी वैठकले ‘अनररी परिषद’ समेत गठन गरेको छ । ५१ जना रहने उक्त परिषदमा युकेबाट ६ जना एनआरएनए बेलायतका पूर्व अध्यक्ष सूर्य गुरुङ, पूर्व अध्यक्ष महेन्द्र कंडेल, चिरन्जिवी ढकाल, मोहन गुरुङ, विश्व आदर्श पण्डित र शरण केसी छन् । केसी नेपाली जनसम्पर्क समिति जर्मनीका पूर्व सभापति हुन् । केही बर्ष यता उनी बेलायतमै छन् ।
त्यस्तै ११ सदस्यीय बिषयगत सल्लाहकार समितिमा युकेबाट माओवादी केन्द्र निकट सुरेन्द्र नेपाल श्रेष्ठ र एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व प्रवक्ता डा. हेमराज शर्मा छन् ।
युकेबाट अन्तराष्ट्रिय समन्वय समितिका लागि धेरै आंकाक्षी देखिएका थिए । ति मध्ये एनआरएनए युकेका संरक्षक मध्ये एक रिटायर्ड मेजर डमर घलेलाई समितिमा मनोनयनको तयारी गरिएपनि अन्तिम समयमा फालिएको एनआरएनए स्रोतले बतायो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको हिजो २०१७ डिसेम्बर ८ का दिन संघका अध्यक्ष श्री भवन भट्टको अध्यक्षतामा बसेको बैठकले संरक्षक परिषद, सल्लाहकार समिति, अनररी परिषद समिति र आइसिसिमा मनोनित सदस्य चयन गर्ने महत्वपूर्ण निर्णय सर्वसम्मत रुपमा गरेको छ ।
अनलाइनमा भएको संघको उक्त ६० औं बैठकमा ७५ जना भन्दा बढीको सहभागिता थियो । संघले आफ्नो अभियानमा बढी भन्दा बढीलाई समेट्दै सक्रिय सहभागिताको अवसर प्रदान गर्ने सोचका साथ यस पटक ५१ सदस्यीय अनररी परिषद समिति गठन गर्ने नयाँ निर्णय गरेको हो ।
बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो प्रमुख संरक्षक र डा. शेष घले, जीवा लामिछाने, देवमान हिराचन र रामप्रताप थापा संरक्षक रहनुभएको संरक्षक परिषद गठन गरेको छ ।
यसै गरी डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य, शेरबहादुर केसी, दिपकराज जोशी र डा. महाविर पुनलाई सल्लाहकारमा चयन गरेको छ ।
यसैगरी अनररी परिषद समितिमा जमुना गुरुङ, इन्द्रा वन, दिपक खड्का, मन केसी, चन्द्र योन्जन, भवानी ओली, डा. कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का ओसिनियाबाट छानिनुभएको छ भने मध्यपूर्वबाट डा. देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाइँ, मोहन शर्मा, राजु सएद, बिल गुरुङ र महेन्द्र चौलागाइँ चुनिनु भएको छ ।
यस समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, रिशी ढकाल र डा विष्णुमाया परियार, युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्वआदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल, गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी, एसिया प्यासिफिकबाट रन्जना उदास, प्रितम श्रेष्ठ, भारती लिम्बुनी, शंकर पौडेल, डा. कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राई तथा अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र बिदुर खनाललाई मनोनित गरिएको छ ।
संघको बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषदको २१ सदस्यीय मनोनित सदस्यमा ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठलाई, युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वानेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भूर्तेल भूसाल र सुष्मा राईलाई र मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङलाई ल्याउने निर्णय गरेको छ ।
यसैगरी अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुङ्गा शेर्पा, अभिमन्यू बस्नेत र सरला कँडेललाई र एसिया प्यासिफिकबाट अजिव (ओम) गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।
बैठकले विशेष प्रस्ताव पारित गर्दै नेपालमा संविधानको कार्यान्वयनका लागि महत्व महत्वपूर्ण अंग रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न गराउन नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकायहरु, राजनीतिक दलहरु र सम्पूर्ण नेपाली जनताले निर्वाह गर्नुभएको जिम्मेवारीपूर्ण भूमिकाका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
संघले निर्वाचनको परिणाम पछि देशले स्थिर सरकार पाउने र राजनीतिक संक्रमणकालको अन्त्य हुँदै सबैको सहयोग र सहकार्यमा राष्ट्र समृध्दिको बाटोमा अघि बढ्ने विश्वास लिएको छ ।
भूषण घिमिरे
प्रवक्ता , एनआरएनए
मिति: ९ डिसेम्बर २०१७