विभिन्न प्रदेशका निर्वाचन परिणाम सार्वजनिक (पूर्ण विवरण)

ललितपुर–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयीपछि विजयी उत्सवमा सहभागी हुँदै । तस्बिर – नवीन पौडेल, रासस

विराटनगर, २३ मंसिर – मोरङका छमध्ये दुई निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सोअनुरुप मोरङ–६ बाट नेकपा(एमाले)का लालबाबु पण्डित ३३ हजार ९४१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा शेखर कोइरालाले ३३ हजार २६६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै मोरङ –३ बाट एमालेका भानुभक्त ढकाल ४२ हजार ४१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

रसुवामा काँग्रेसका आचार्य विजयी

रसुवा, २३ मंसिर – प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ । राति ३ बजे सार्वजनिक अन्तिम मत परिणामअनुसार आचार्यले १४ हजार ४५३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का जनार्दन ढकालले १० हजार २७८ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिनुभयो ।

यसअघि शुक्रबार प्रदेश कमा नेपाली काँग्रेसका प्रभात लामा छ हजार ९७६ मत ल्याई विजयी भइसक्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कन्र्याल तामाङले पाँच हजार १५२ मत ल्याउनुभएको छ ।

त्यस्तै प्रदेश खमा नयाँ शक्ति नेपालका प्रेमबहादुर तामाङ सात हजार ४० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी) केन्द्रका इन्द्रप्रसाद गोतामेले पाँच हजार ६९२ मत ल्याउनुभएको छ ।

लपु मा एमालेका महर्जन विजयी

ललितपुर, २३ मङ्सिर- प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा(एमाले)का कृष्णलाल महर्जन विजयी हुनुभएको छ ।

उहाँले २७ हजार ७१३ र उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याउनुभएको छ । कृष्णलाल यसअघि विसं २०५६ को आमनिर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । निर्वाचन अधिकृत विनोदकुमार भट्टराईले निर्वाचनको अन्तिम परिणाम सुनाउँदै कृष्णलाललाई विजयी भएको घोषणा गर्नुभएको हो ।

बैतडी प्रदेशसभाका दुवैमा वाम गठबन्धन विजयी

बैतडीमा प्रतिनिधिसभा सदस्यमा विजयी नेकपा एमालेका दामोदर भण्डारी, प्रदेशसभा क का माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र प्रदेशसभा ख का नेकपा एमालेका लिलाधर भट्ट । तस्बिर – विनोदसिंह विष्ट, बैतडी, रासस

बैतडी, २३ मंसिर – प्रदेशसभातर्फको मत परिणाम सार्वजनिक भएको छ ।

गए राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार बैतडी प्रदेशसभा क्षेत्र क मा नेकपा (माओवादी केन्द्र)का प्रेमप्रकाश भट्ट तथा प्रदेशसभा (ख) मा नेकपा (एमाले)का लीलाधर भट्ट विजयी हुनुभएको छ ।

प्रदेशसभा (क) मा माओवादी केन्द्रका भट्टले १८ हजार ९३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गर्नुभएको छ । अठ्तीस हजार १८ मत खसेको सो प्रदेशमा तीन हजार १३६ मत बदर भएका थिए ।

यस्तै प्रदेशसभा क्षेत्र (ख) मा एमालेका भट्ट २० हजार ३१८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गर्नुभएको छ । अठ्तीस् हजार १५५ मत खसेको प्रदेशसभा ख मा दुई हजार ५९० मत बदर गएको थियो ।

बैतडीमा अहिले प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो प्राप्त मत परिणामअनुसार एमालेका दामोदर भण्डारी ३० हजार ११८ मत प्राप्त गरी अग्र स्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका नरबहादुर चन्दले १९ हजार ९२२ मत प्राप्त गरी उहाँलाई पछ्याइरहनुभएको छ ।

पहिलो चरणअन्तर्गत बैतडीमा यही मंसिर १० गते सम्पन्न भएको हो । एक लाख ३२ हजार ३१९ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना चुनावी प्रतिष्पर्धामा रहेका थिए ।

धादिङ१ मा वाम गठबन्धन विजयी

मलेखु, धादिङ, २३ मंसिर- प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनका भूमि त्रिपाठी विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत योगनाथ ढकालका अनुसार नेकपा(एमाले) का त्रिपाठीले ४९ हजार १२१ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत ल्याउनुभएको छ । एक लाख १८ हजार १५० मतदाता रहेको क्षेत्र नं १ मा ७९ हजार ४२३ मत खसेको थियो ।

प्रदेशसभामा सबै वामपन्थी 

प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा (क)मा वाम गठबन्धनका डा रामकुमार अधिकारीले विजय हासिल गर्नुभएको छ । डा अधिकारीले २० हजार ३६३ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत प्राप्त गर्नुभएको छ । एकसठ्ठी हजार ११८ मतदाता रहेको सो प्रदेशसभामा ४१ हजार ३४३ मत खसेको थियो ।

प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेश (क)मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मतसहित विजयी हुनुभएको छ । उहाँ काग्रेसका मधुकुमार श्रेष्ठभन्दा १३ हजार ६८५ मत बढी ल्याएर विजयी हुनुभएको हो । पैंसठ्ठी हजार ४५८ मतदाता रहेको सो प्रदेशमा ४३ हजार ५६४ मत खसेको थियो ।

यसैगरी सो क्षेत्रको प्रदेशसभा(ख)मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याउनुभएको छ । बाउन्न हजार ६९२ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ८५९ जनाले मतदान गरेका थिए ।

प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार प्रदेशसभा २ (क)मा जगत सिंखडाले १७ हजार ६०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका डम्बर तामाङले १५हजार ७७४ मत ल्याउनुभएको छ । चौवन्न हजार २३७ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ६०७ जनाले मतदान गरेका थिए ।

प्रदेशमा पृथ्वीसुब्बा गुरुङ विजयी

बेँसीशहर, लमजुङ, २३ मसिर – लमजुङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएको छ ।

नेकपा एमालेका केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुखसमेत रहुनुभएका गुरुङले २३ हजार १८८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण कोइरालाले १५ हजार १२२ मत प्राप्त गर्नुभयो ।

दार्चुलामा वाम गठबन्धन विजयी

दार्चुला, २३ मंसिर – प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ ।

प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको दार्चुलामा ठगुन्नाले २८ हजार ९९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी जनसमाज पार्टी नेपालका धनबहादुर कुंवरले ६१०, नयाँ शक्ति नेपालका जीतेन्द्र महराले ३०८ र राष्ट्रिय जनमोर्चाका मनवीर दमाईंले ५१ मत प्राप्त गर्नुभएको छ । कुल खसेको ५४ हजार ५४७ मतमध्ये दुई हजार ३४७ बदर मत भएका छन् ।

त्यसैगरी प्रदेशसभाको दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) मा गठबन्धन उम्मेदवार एमालेका गेल्बुसिंह बोहरा र (ख) क्षेत्रमा वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का मानबहादुर धामीले अग्रता लिनुभएको छ ।

डोल्पामा वाम गठबन्धनको पूरै विजय

दुनै, डोल्पा, २३ मंसिर – डोल्पामा वाम गठबन्धनले पूरै स्थान हात पारेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेशसभा निर्वाचन दुई क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी भएको हो । प्रतिनिधिसभामा वाम गठबन्धनबाट नेकपा (एमाले)का धनबहादुर बुढा ११ हजार ७६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अंगतकुमार बुढाले तीन हजार १६७ मत ल्याउनुभएको छ ।

त्यसैगरी प्रदेश (क) मा वाम गठबन्धनबाट एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याउनुभएको छ ।

त्यसैगरी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का वीरबहादुर शाही छ हजार ४१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेशबहादुर शाहीले दुई हजार १०५ मत ल्याउनुभएको छ ।

सिन्धुपाल्चोकमा सापकोटा तामाङ विजयी

चौतारा, २३ मंसिर – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको क्षेत्र नं १ मा नेकपा(माओवादी केन्द्र) का अग्निप्रसाद सापकोटा ४० हजार ५०४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले २९ हजार ७९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्षेत्र नं २ मा एमालेका शेरबहादुर तामाङ ३८ हजार ४०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा(प्रजातान्त्रिक)का पशुपतिशम्शेर जबराले ३० हजार ३६९ मत ल्याउनुभएको छ ।

कालीकोटका प्रदेशमा वाम गठबन्धन विजयी

कालीकोट, २३ मंसिर – एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका प्रदेश (क)र (ख)मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा कबाट नेकपा (एमाले)का कुर्मराज शाही ११ हजार ९३५ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज शाहीले चार हजार ७८९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रदेशसभा(ख)मा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही १२ हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कालीबहादुर सहकारीले नौ हजार ३४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी शिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा तर्फको मतगणनानुसार माओवादी केन्द्रका दुर्गबहादुर रावतले १४ हजार ३८ मतले अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका भूपेन्द्रजंग शाहीले ११ हजार ४६ मत ल्याई उहाँलाई पछ्याइरहनुभएको छ ।

ओखलढुंगाबाट एमालेका सुनुवार विजयी

काठमाडौँ, २३ मंसिर – ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका यज्ञराज सुनुवार ३२ हजार ५८० मत ल्याएर विजयी हुनुभएको छ ।

नेकपा(एमाले)का सुनुवारका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त गर्नुभएको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।

ओखलढुंगामा सुनुवार र खतिवडा दुवै लोकप्रिय नेता भएकाले कडा प्रतिष्पर्धा हुने अनुमान गरिए पनि मतगणनाको शुरुवाती अग्रता लिनुभएका सुनुवार अन्ततः फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज सुनुवार विद्यार्थी राजनीतिदेखि नै सक्रिय हुनुहुन्छ । विसं २०५३ मा रत्नराज्य क्याम्पस र २०५५ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियु सभापति निर्वाचित सुनुवारले अनेरास्ववियु अध्यक्षमा ठाकुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिक यात्रा शुरु गर्नुभएको थियो ।

ओखलढुंगामा एमालेको तीन पटक कार्यालय प्रमुख सुनुवार २०६४ मा ओखलढुंगा निर्वाचन क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा पराजित हुनुभएको थियो । उहाँ विसं २०७० मा करिब तीन हजार ५०० मतान्तरले काँग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर विजयी हुनुभएको थियो । सुनुवार र खतिवडा दुवै प्रभावाशाली युवा नेताको पहिचान बनाएका नेता हुन् ।

ओखलढुंगा प्रदेशसभा (क) मा एमालेका अम्बिरबाबु गुरुङ १८ हजार ९८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत प्राप्त गर्नुभएको छ । प्रदेश (ख) मा भने मतगणना भइरहेको छ ।

मोरङ बाट एमाले विजयी

विराटनगर, २३ मंसिर – मोरङ क्षेत्र नं १बाट नेकपा (एमाले) का उम्मेदवार घनश्याम खतिवडा विजयी हुनुभएको छ ।

खतिवडाले ३७ हजार ५२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत प्राप्त गर्नुभएको छ ।

मोरङमा अहिलेसम्म तीन क्षेत्रको नतिजा सार्वजनिक हुँदा सबैमा नेकपा (एमाले) विजयी भएको छ । यसअघि मोरङ क्षेत्र नं ६ बाट लालबाबु पण्डित र क्षेत्र नं ३ बाट भानुभक्त ढकाल विजयी हुनुभएको छ । मोरङका क्षेत्र नं २, ४ र ५ मा मतगणना जारी छ ।

बागलुङ मा माओवादी केन्द्र विजयी

बागलुङ, २३ मंसिर – प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले विजय हासिल गर्नुभएको छ ।

वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उहाँका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नीरज पुनले १९ हजार ९०५ मत ल्याउनुभएको छ ।

नयाँ शक्ति पार्टीबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको दुई महिना नबित्दै प्रतिनिधिसभा सदस्यको टिकट पाउनुभएका पौडेलले पूर्वसांसदसमेत रहनुभएका पुनलाई पराजित गर्नुभएको हो ।

बागलुङ मा माओवादी केन्द्र विजयी

बागलुङ, २३ मंसिर – प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले विजय हासिल गर्नुभएको छ ।

वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उहाँका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नीरज पुनले १९ हजार ९०५ मत ल्याउनुभएको छ ।

नयाँ शक्ति पार्टीबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको दुई महिना नबित्दै प्रतिनिधिसभा सदस्यको टिकट पाउनुभएका पौडेलले पूर्वसांसदसमेत रहनुभएका पुनलाई पराजित गर्नुभएको हो ।

गुल्मी क्षेत्र नं प्रदेशमा एमाले

गुल्मी, २३ मंसिर – प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश ‘क’ मा नेकपा (एमाले) का खड्ग केसी विजयी हुनुभएको छ ।

केसीले १६ हजार १६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शालिकराम पन्थीले ११ हजार ६७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिनुभयो ।

दुईवटा प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको गुल्मीमा पछिल्लो मतपरिणामअनुसार सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

तीनै स्थानमा वाम गठबन्धन विजयी

दार्चुला २३ मंसिर – प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ ।

प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको जिल्लामा ठगुन्नाले २८ हजार ९९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी जनसमाज पार्टी नेपालका धनबहादुर कुँवरले ६१०, नयाँ शक्ति नेपालका जीतेन्द्र महराले ३०८ र राष्ट्रिय जनमोर्चाका मनवीर दमाईंले ५१ मत प्राप्त गर्नुभएको छ । कुल खसेको ५४ हजार ५४७ मतमध्ये दुई हजार ३४७ मत बदर भएका छन् ।

त्यसैगरी प्रदेशसभा (क) मा एमालेका ग्याल्बुसिहं बोहरा १६ हजार ५३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मदन गिरीले १२ हजार ५९८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नयाँ शक्ति पार्टी नेपालका नन्दनसिंह महरले १६६, जनसमाजवादी पार्टी नेपालका मनोज दमाईंले २९८, राष्ट्रिय जनमोर्चा पार्टीका मदन दमाईंले ३३ मत प्राप्त गर्नुभएको छ । यहाँ एक हजार ५३ मत बदर भएका छन् ।

यसैगरी प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनका मानबहादुर धामी विजयी हुनुभएको छ । धामी १२ हजार ९५६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीशबहादुर पालले नौ हजार ५७५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै जनसमाजवादी पार्टी नेपालका हरिभानसिंह ठगुन्नाले ५२७, नयाँ शक्ति पार्टी नेपालका बहादुरसिंह ठगुन्नाले ५८ र स्वतन्त्र रघुवीरसिंह ठगुन्नाले १८७ मत प्राप्त गर्नुभएको छ भने ९९३ मत बदर भएको छ । मतगणनाको औपचारिक घोषणा हुन भने अझै बाँकी छ ।

ताप्लेजुङमा वाम गठबन्धन विजयी

ताप्लेजुङ, २३ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ ।

प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र(क) मा एमालेका बलबहादुर चाम्चुहाङ १५ हजार ४१७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लीलादेवी बोखिमले १० हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभा(ख) मा नेकपा(माओवादी केन्द्र)का टंक आङ्बुहाङ १२ हजार १९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपेन्द्रकुमार सेन्दाङले सात हजार ५८६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

दाङ – क्षेत्र नं प्रदेशमा डाँगी विजयी

तुलसीपुर, दाङ, २३ मंसिर – क्षेत्र नं २ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का अम्मरबहादुर डाँगी २१ हजार ४५० मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भरतबहादुर न्यौपानेले १३ हजार १९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । कूल ५७ हजार १७० मतदाता रहेको यस क्षेत्रमा ३८ हजार ५३१ मत खसेको थियो ।

कालीकोट प्रतिनिधिसभामा वाम गठबन्धनका रावत विजयी

कालीकोट, २३ मंसिर – कालीकोटबाट प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का दुर्गबहादुर रावत २१ हजार १११ मत ल्याई विजयी हुनु भएको छ भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (क)मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) उम्मेदवार कुर्मराज शाही विजयी हुनुभएको छ । प्रदेश सभा (ख)मा वाम गठबन्धनकै नेकपा (माओवादी केन्द्र)का नेता तथा बिना विभागीयमन्त्री महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ ।

प्रदेशसभा (क)बाट विजयी उम्मेदवार कुर्मराज शाहीले ११ हजार ९३५ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका टेकराज शाहीले चार हजार ७८९ मत ल्याउनुभएको छ । त्यसैगरी प्रदेशसभा (ख)मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)नेता तथा बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले १२ हजार १५३ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फका नेकाका उम्मेदवार कालीबहादुर सहकारीले नौ हजार ३४२ मत ल्याउनुभएको छ ।

जाजरकोट प्रदेशसभा मा सिंह विजयी

जाजरकोट, २३ मंसिर – जाजरकोट प्रदेशसभा (क) का वाम गठबन्धनका गणेशप्रसाद सिंह १६ हजार ९११ ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वेदराज सिंहले १२ हजार ८७८ ल्याउनुभएको छ ।

जाजरकोट क्षेत्र नं (क) मा ३२ हजार ६०६ मत खसेको थियो जहाँ कुल मतदाता ४५ हजार ४७२ थिए । गणेशप्रसादले नेकपा(माओवादी केन्द्र)का जाजरकोटको इञ्चार्ज पदमा रहेर काम गर्दै आउनुभएको छ ।

जुम्लामा वाम गठबन्धनका महत विजयी

जुम्ला, २३ मंसिर – प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ रहेको जुम्लामा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का गजेन्द्र महत विजयी हुनुभएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य महतले २२ हजार १७३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र शाहीले १४ हजार १४९ मत ल्याउनुभएको छ ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले दुई हजार ७१८ मत ल्याउनुभएको छ । महत भने २०७० सालको संविधानसभा निर्वाचनमा पराजित हुनुभएको थियो । खसेको कुल मतमध्ये एक हजार ८७ बदर भएको सहायक मतदान अधिकृत इन्द्र खड्काले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ जुम्लामा ४१ हजार ४५६ मत खसेको थियो ।

लपु मा माओवादी केन्द्र प्रवक्ता पम्फा भुसाल विजयी

ललितपुर, २३ मंसिर – प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी हुनुभएको छ ।

भुसाल २४ हजार ३६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाउनुभएको छ ।

भुसाल दोस्रो पटक यस क्षेत्रबाट विजयी हुनुभएको हो । उहाँ यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी हुनुभएको थियो । सुश्री भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा हुनुभएको पहिलो महिला उम्मेदवार हुनुहुन्छ ।

भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आउनुभएको छ । तत्कालीन नेकपा(माओवादी) सरकारमा हुँदा उहाँ तीन पटक मन्त्री भइसक्नुभएको छ ।

बागलुङका सबै क्षेत्रमा वाम गठबन्धन विजयी

बागलुङ, २३ मंसिर – प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई पराजित गर्नुभएको छ । पाठकले ३३ हजार ६४५ र उहाँका निकटतम प्रतिद्वन्द्वी खड्काले २० हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पराजित गर्नुभएको छ । पौडेलले २८ हजार ८२७ र पुनले १९ हजार ९०५ मत लिनुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (क) मा पनि एमालेका इन्द्रलाल सापकोटाले जित हासिल गर्नुभएको छ । एमालेका जिल्ला अध्यक्ष सापकोटाले काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापालाई पराजित गर्नुभएको हो ।

सापकोटाले १७ हजार ९१५ र काँग्रेसका थापाले ११ हजार ९८९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशसभा २ मा वाम गठबन्धनबाट चुनाव लड्नुभएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पूर्वसांसद काँग्रेसका प्रकाश शर्मा पौडेललाई पराजित गर्नुभएको छ । थापाले १५ हजार ६३६ र पौडेलले नौ हजार ९४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रतिनिधिसभा २, प्रदेशसभा (क) मा पनि माओवादी केन्द्रका चन्द्र बुढाले काँग्रेसका मञ्जेशबम मल्ललाई पराजित गर्नुभएको छ । बुढाले १७ हजार ४१५ र मल्लले ११ हजार ५४६ मत पाउनुभएको छ ।

प्रदेशसभा (ख) मा पनि वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको छ । घर्तीले ११ हजार ८८४ र उहाँका निकटतम प्रत्याशी काँग्रेसका जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको छ ।

जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने काँग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० को चुनावमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्र जितेको काँग्रेसले यस पालि आफ्नो विरासत जोगाउन सकेन ।

प्रदेशसभा () वाम गठबन्धनका पोखरेल विजयी

तुलसीपुर, दाङ, २३ मंसिर – प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ७२३ मत ल्याई विजयी हुनुभएको छ ।

एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत ल्याउनुभएको छ । निर्वाचन कार्यालयले अब केही बेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ । कुल मतदाता ५१ हजार ७०० रहेकामा प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो ।

सोलुखुम्बु सबैमा वाम गठबन्धन विजयी

सल्लेरी, सोलुखुम्बु, २३ मंसिर – एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहनुभएका नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी हुनुभएको छ । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याउनुभएको छ ।

प्रदेशसभा (क) मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी हुनुभएको छ । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गर्नुभएको हो । बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याउनुभएको छ ।

प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का बुद्धिकुमार राजभण्डारी विजयी हुनुभएको छ । राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापति समेत रहनुभएका नेता आङगेलु शेर्पालाई पराजित गर्नुभएको हो । राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (– वाम गठबन्धनका पोखरेल विजयी

तुलसीपुर, दाङ, २३ मंसिर – प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ७२३ मत ल्याई विजयी हुनुभएको छ ।

एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत ल्याउनुभएको छ । निर्वाचन कार्यालयले अब केही बेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ । कुल मतदाता ५१ हजार ७०० रहेकामा प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो ।

एमालेका वसन्त नेम्बाङ विजयी

पाँचथर, २३ मंसिर- प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ विजयी हुनुभएको छ ।

नेम्बाङ ३८ हजार ६४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गर्नुभएको हो ।

कूल एक लाख २५ हजार दुई २१९ मतदातामध्ये पाँचथरमा ७७ हजार ८०३ जनाले मतदान गरेका थिए ।

यसैगरी संघीय समाजवादी फोरमका प्रेमराज लावतीले एक हजार ९९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान्का सागर केरुङले एक हजार ५९३, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले ४१८ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै, नेकपा मालेका दीनानाथ घिमिरेले ८९०, नयाँशक्ति पार्टीका दिलबहादुर लावतीले १३२, राप्रपा राष्ट्रवादीका शान्तिमाया शिगू लिम्बूले २९५ र मंगोल नेसनल अर्गनाइजेसनका टोमराज थाम्सुहाङले १९४ मत पाउनुभएको छ ।

भोजपुर प्रदेश () मा राई विजयी

भोजपुर, २३ मंसिर २३ – भोजपुर प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी हुनुभएको छ ।

राईले २० हजार ३३४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्दबहादुर कार्कीले १३ हजार २२९ मत प्राप्त गर्नुभएको हो ।

प्रदेश (ख) मा ३० हजार ९७९ मत खसेको थियो । जसमध्ये दुई हजार ४३४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दोलखामा अत्यधिक मतबाट गुरुङ विजयी

काठमाडौँ, २३ मंसिर – दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

गुरुङका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५ हजार ८०१ मत प्राप्त गर्नुभएको छ । गुरुङले खड्का भन्दा ३० हजार १५३ मत बढी ल्याएर विजयी हुनुभएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईंले २३ हजार ३८ मत प्राप्त गरी विजयी हुनुभएको छ, भने काँग्रेसका केशव चौलागाईंले १० हजार ८८० र मालेका लालकुमार केसीले तीन हजार ४१५ मत प्राप्त गर्नुभएको छ ।

बाँके क्षेत्र को प्रदेश (मा खरेल विजयी

नेपालगन्ज, २३ मंसिर – बाँके जिल्ला क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रप्रसाद खरेल विजयी हुनुभएको छ ।

खरेलले १६ हजार ६७४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्तराम थारूले १४ हजार ८९१ मत प्राप्त गर्नुभएको छ ।

मोरङ मा मोदी विजयी

विराटनगर, २३ मंसिर – मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ ।

मोदीले ३३ हजार ५२९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गर्नुभयो । अहिलेसम्म मोरङको चारवटा निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ । चारवटैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मोरङ मा काँग्रेसका डा मीनेन्द्र रिजाल विजयी

विराटनगर, २३ मंसिर – मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजाल विजयी हुनुभएको छ ।

रिजालले ३५ हजार ८१९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । सो क्षेत्रमा कूल ८० हजार २४९ मत खसेको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री