माधवकुमार नेपाल विजयी, डडेल्धुरामा देउवा अगाडि

माधवकुमार नेपाल

काठमाडौँ, २३ मंसिर – काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गर्नुभयो । विवेकशील साझा पार्टीका डा सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गर्नुभएको छ । कुल ५२ हजार १३५ मत खसेको थियो ।

डडेल्धुरामा देउवा अगाडि

डडेल्धुरा, २३ मंसिर – डडेल्धुराको पछिल्लो मतपरिणामअनुसार प्रदेशसभातर्फ नेपाली काँग्रेसका शेरबहादुर देउवा १४ हजार ७२४ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

आज अपराह्न सार्वजनिक मतपरिणाअनुसार वाम गठबन्धनका खगराज भट्टले आठ हजार ८६२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रद्रेशसभा सदस्य ‘क’ तर्फ वाम गठबन्धनका पठानसिंह बोहरा १० हजार ४८२ तथा नेपाली काँग्रेसका रघुवर भट्टले सात हजार ४३४ र प्रदेश ‘ख’तर्फ नेपाली काँग्रेसका कर्णबहादुर मल्लले आठ हजार ९८९ तथा वाम गठबन्धनका ताराप्रसाद जोशीले आठ हजार ७२ मत प्राप्त गर्नुभएको छ ।

सप्तरी–२ मा संघीय फोरम अध्यक्ष यादव विजयी

सप्तरी, २३ मंसिर – सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी हुनु भएको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० प्राप्त गर्नुभयो ।

लमजुङमा माओवादी केन्द्रका गुरुङ विजयी

बेंसीशहर, लमजुङ, २३ मंसिर – लमजुङ प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङ विजयी बन्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलबहादुर घर्तीलाई आठ हजार ४०४ मत अन्तरले पराजित गर्दै गुरुङ विजयी बन्नुभएको हो ।

गुरुङले ३९ हजार ४६८ मत प्राप्त गर्नुभएको छ भने घर्तीले ३१ हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

गोरखा २ (क) मा नयाँ शक्तिका आचार्य र (ख) मा नेकाका दवाडी विजयी

गोरखा, २३ मंसिर – गोरखा क्षेत्र नं २ को (क) मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टी नेपालका हरिशरण आचार्य १५ हजार ३४३ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कमला नहर्कीले १२ हजार ६५ मत प्राप्त गर्नुभयो । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय आचार्य बाबुरामले नयाँ शक्ति अभियान सञ्चालन गरेदेखि नै पालुङटार क्षेत्रमा रहेर राजनीतिमा लाग्नुभएको थियो ।

त्यस्तै क्षेत्र नं २ को (ख) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडी १५ हजार ८५३ मत सहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट माओवादी केन्द्रका अमर तमुले १३ हजार ४११ मत प्राप्त गर्नुभयो ।

प्रदेश ‘ख’ खोटाङमा माओवादी केन्द्रका पासाङ विजयी

खोटाङ, २३ मंसिर – प्रदेश ‘ख’ खोटाङमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई (पासाङ) विजयी हुनुभएको छ । वाम गठबन्धनका साझा उम्मेदवार पासाङ १८ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको हो ।

पासाङको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक गठबन्धनका विष्णुकुमारलाई वाम गठबन्धनका पासाङले छ हजार १३३ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विसं २०४१ सालदेखि राजनीति शुरु गर्नुभएका पासाङ २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित सभासद् हुनुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री