डब्लिन, आयरल्याण्ड, ५ माघ – आयरल्याडमा मौसमी ज्वरोका कारण २४ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
अस्पताल आइ मृत्यु भएका प्रायः सबै व्यक्तिमा ज्वरो नै मृत्युको मूल कारण देखिएको हेल्थ सर्भिस एक्जुकेटिभ (एचएसइ) का चिकित्सक केभि केल्लेहेरले बताए । यस प्रकोपमा परी बालबालिकादेखि सवै उमेरका व्यक्तिको मृत्यु भएको पनि केल्लेहेरले बताए ।
प्राप्त पछिल्लो जानकारीअनुसार ज्वरोको प्रकोप गत हप्ता सबैभन्दा बढी भएको र यसैगरी आगमी हप्ता पनि यो प्रकोप बढ्ने अनुमान गरिएको स्वास्थ्य सम्बद्ध अधिकारीहरुको छ ।
ज्वरोको यस्तो प्रकोप क्रिस्मसपछि सुरु भएको र १७ वर्षयता अत्यन्त खराव स्थिति देखा परेको यो पाँचौ पटक भएको बताइएको छ ।
एचएसईका अनुसार यस प्रकोपबाट सबैभन्दा धेरै जोखिम बालबालिका र बृद्धबृद्धाहरुमा रहेको पनि समाचारमा जनाइएको छ ।