उपराष्ट्रपति नन्दवहादुर पुन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भक्तपुर बालकोटस्थित ओली निवासमा शुक्रबार भेटवार्ता गदै । तस्वीर सौजन्य–अध्यक्ष ओलीको सचिवालय, रासस
काठमाडौँ, ५ माघ – उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्कनुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राख्नुभएको उहाँहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।