बेलायतका आदिवासी जनजाति पत्रकारलाई तालिम

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले शाखामा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि एक दिने पत्रकारिता तालिमको आयोजना गरेको छ ।

भेटघाट रेस्टुरेण्ट अल्डरसटमा आयोजित सो तालिममा रेडियो बिजीडब्लुएसका म्यानेजिङ्ग डाइरेक्टर सोनाम छिरिङ्ग शेर्पाले अन्तरवार्ताका बारेमा, डा. नरेशचन्द्र राईले सिटिजन जर्नलिजमका बारेमा र नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले समाचारका बारेमा तालिम दिएका थिए ।

सोही तालिममा फोनिजका निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले विभिन्न राजनीतिक विचारधाराहरुका बारेमा र फोनिजकी अध्यक्ष प्रमिला लाबुङ्ग राईले नेपालको संविधानमा प्रेस सम्बन्धी व्यवस्थाका बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, राजनीतिकर्मी पूर्ण लोक्सम, होम सुनुवार, मीरा सुनुवार, सुमलकुमार गुरुङ्ग लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपालबाट यूके भ्रमणमा रहेका पत्रकार तारा चाम्लिङ्ग राईलाई नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गीमगर र फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ्ग राईले खादा लगाइ स्वागत गरेका थिए ।

तालिममा करिब ३० प्रशिक्षार्थीको सहभागिता थियो । तालिमको अध्यक्षता प्रमिला लाबुङ्ग र सञ्चालन खुशी लिम्बुले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री