बेलायतका साहित्यकारहरु अप्रिलमा नयां नेतृत्व चुन्दै

लन्डन । नेपाली साहित्य विकास परिषद यूकेको ११ औं कार्यसमितिको निर्वाचन आगामी अप्रिलमा हुने भएको छ ।

परिषद्का संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहको अध्यक्षतामा लन्डनमा बसेको वार्षिक बैठकले परिषदका सल्लाहकार तथा प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टको संयोजनमा आगामी अप्रीलमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले यस अघि विशेष कारणवस स्थगन हुन गई निर्वाचन ‘ग्याप’ हुन गएको अवधिलाई दशौं कार्यसमितिका रुपमा रुपान्तरण गरी ११ औं कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ भने परिषद्की महासचिव डा. सुधा श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दौलत राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन आवश्यक छलफल पछि पारित गरेको छ ।

छलफलका क्रममा परिषदका वरिष्ठ पदाधिकारीहरू कोमल प्रसाद श्रेष्ठ मल्ल, ध्रुव केसी, वीरेन्द्र कुंवर, गोकुल भण्डारी, रेशमलाल अर्याल, मनोज अन्जान लगायतले महत्वपूर्ण सुझाव र प्रस्तावहरु 
राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री