नेपाल टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड

नेपाल टेलिकमद्वारा सोमबार आयोजित नेपाल टेलिकमको १४ औं वार्षिकोत्सव समारोहमा सहभागी हुनुभएका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलगायत सहभागीहरु । तस्बिर – नवीन पौडेल, रासस

काठमाडौँ, २२ माघ – सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ ।

कम्पनीले आव २०७३-०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड बढी हो । आव २०७२-०७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

यसैगरी, कम्पनीको खुद नाफामा १३ दशमलव ४२ प्रतिशतले वृद्धि भई आव २०७३-०७४ मा रु १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७३-०७४ मा रु १०२ दशमलव ४९ पुगेको छ ।

यसवर्ष कम्पनीकै इतिहासमा पहिलो पटक वार्षिक साधारणसभाबाट आफ्ना शेयरधनीलाई २०७३-०७४ को लाभांश हालसम्मकै सर्वाधिक अर्थात प्रतिशेयर रु ५५ का दरले उपलब्ध गराउन सफल भएको छ । यसलाई कम्पनीको सफलताका रुपमा लिइएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बताउनुभयो ।

टेलिकमले आव २०७३-०७४ रु २४ अर्ब ५४ करोड राजश्व बुझाएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री