भ्रष्टाचारमा मुछिएका चुडामणि शर्माको घरमा विप्लव समूहको तोडफोड

तस्वीर- ननस्टप खबर

काठमाडौँ- भ्रष्टाचार काण्डमा मुछिएका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् ।

मंगलबार दिउँसो नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बूढानीलकण्ठ–२ रुद्रेश्वरमा रहेको शर्माको घरमा गरेको ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको हो ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख एवम् प्रहरी निरीक्षक शेरबहादुर चन्दले ३०/४० जनाको समूहमा आएको समूहले शर्माको घरमा ढुंगामुढा गरेको बताए ।

प्रमुख चन्दले ढुंगामुढा गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । सोही बेला प्रहरीले नेपाल कम्युनिष्ट पार्टी लेखिएको पर्चासमेत भेटेको छ । नेकपाका कार्यकर्ताले भ्रष्टाचारीको सम्पति राष्ट्रियकर गर्न माग गर्दै गेटमा ब्यानर समेत टाँगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री