४ नं. प्रदेशबाट राष्ट्रियसभा सदस्यमा को-को निर्वाचित भए ?

पोखरा-राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सम्पन्न मतगणना अनुसार, यस प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली कांग्रेसकी बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले) का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

त्यस्तै दलित तर्फबाट नेकपा (माओवादी केन्द्र) का खिमकुमार विक निर्वाचित हुनुभएको छ भने अन्य समूहका तीन जनामा कांग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीनानाथ शर्मा विजयी भएका छन् ।

अपाङ्गतर्फबाट कांग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । आजको मतदानमा कुल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री