राष्ट्रियसभा सदस्यमा बादल विजयी, ३ नं. प्रदेशबाट अरू को को भए निर्वाचित ?

काठमाडौँ- राष्ट्रियसभाका सम्भावित अध्यक्षका रूपमा हेरिएका माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा उनी प्रदेश नं ३ को खुल्लाबाट विजयी भएका हुन् ।

थापा खुल्लातर्फ बाम गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनलाई जिताउन एमालेले राष्ट्रियसभाका उम्मेदवार रहेका नेता बेदुराम भुसालको उम्मेदवारी अन्तिम समयमा फिर्ता लिएको थियो ।

यसैगरी बादलसँगै प्रदेश नं. ३ बाट राष्ट्रियसभामा अन्य सात जना विजयी भएका छन् । निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली कांग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए ।

उनको अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भएका हुन् ।

त्यसैगरी, माओवादी केन्द्रबाट थापा भए । कांग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भए। प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिष्पर्धामा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री