सिँचाइ सचिव मृतावस्थामा फेला

तस्विर- इकान्तिपुर

धादिङ, २७ माघ – नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ ।

सशस्त्र प्रहरी गोताखोरको टोलीले उहाँको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उहाँका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन् । जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिनुभयो ।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव यादव, उहाँका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिनुभयो ।

घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री