पूर्व काउन्सिलर धन गुरुङको पहलमा पूर्वमा एम्बुलेन्स

लन्डन । गोर्खा मेमोरियल फण्ड यूकेका संस्थापक अध्यक्ष एवं पूर्व काउन्सिलर धन गुरुङको पहलमा मेचीनगर नगरपालिकालाई बिहीबार एक एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

नगरपालिका परिसरमा आयोजित कार्यक्रममा फाउण्डेशनका नेपाल अध्यक्ष नगेन्द्र गुरुङले नगरप्रमुख विमल आचार्यलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।

उक्त एम्बुलेन्स धुलाबारीस्थित पूर्वकै सबैभन्दा पुरानो प्राथमिक स्वास्थ्य केन्द्रमा राखिने छ । नगरप्रमुख विमल आचार्यले तत्काल एम्बुलेन्सको चाबी स्वास्थ्य केन्द्र प्रमुख डा. एलिजा गौतमलाई हस्तान्तरण गरेका छन् । सो स्वास्थ्य केन्द्र मेचीनगरसहित छिमेकी अन्य जिल्लावासीको उपचारका लागि आशा र भरोसाको केन्द्र बन्ने गरेको छ ।

पूर्व काउन्सिलर धन गुरुङ

पूर्व काउन्सिलर धन गुरुङले पछिल्लो समय सामाजिक सेवामा पनि समय दिइरहेका छन् । उनले चार महिनाअघिमात्र काकडभिट्टा सामुदायिक माविका लागि २८ लाख रुपैयांको लागतमा ३१ वटा कम्प्युटरसहित आइटी प्रणाली, सिसिटिभी, प्रशिक्षण व्यवस्थापन लगायत गरिदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री