एनआरएनए यूके सल्लाहकार परिषदको बैठक शुरु

लन्डन । एनआरएनए यूके सल्लाहकार परिषदको बैठक शुरु भएको छ । भिलेज होटल फार्नबोरोमा कार्यक्रम जारी छ ।

कार्यक्रममा एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके संरक्षकहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, योगेन क्षेत्री, आइसीसी सदस्यहरु रामशरण सिम्खडा, थर्क सेन, कुमारी गुरुङ लगायत नवनियुक्त सल्लाहकारहरुको सहभागिता छ ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले ‘प्रिजेन्टेसन’ दिएका छन् । सो क्रममा फगामीले ९ सेप्टेम्बरदेखि संघले गरेका गतिविधिबारे जानकारी दिंदै बेलायतका चार राज्यमा समिति विस्तारका सिलसिलामा ‘नर्दन आयरल्याण्ड राज्य समिति गठन’ गरिएको बताए । उनले बनाइएका विभिन्न उपसमितिले प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गर्दै लन्डनस्थित नेपाली दूतावाससंग सहकार्य गर्न थप सक्रियता, लन्डनमा प्रधानन्यायधिशको सम्मान,  अक्टोबरमा विश्व सम्मेलनमा १५१ जना प्रतिनिधिमण्डलको सहभागिता, विश्व सम्मेलनका क्रममा उपराष्ट्रपति, सभामुख, कुलमान घिसिङलगायत राजनीतिज्ञहरु भेट गरेर संघका उद्देश्य र प्रवासमा नेपालीको अवस्थाबारे अवगत गराइएको उल्लेख गरे ।

उनले गोर्खा कपका बेला युवाहरुका लागि ‘ओपन डे’ गर्ने सोच र नेपाल हाउस प्रोजेक्टलाई निरन्तरता दिइने पनि बताए ।

कार्यक्रमको शुरुमा महासचिव आर के त्रिपाठीले कार्यक्रम रुपरेखाबारे बताए । अपरान्ह ५ बजेसम्म हुने कार्यक्रममा नवनियुक्त सल्लाहकारहरुबाट सुझाव सल्लाह लिइ त्यसलाई लिपिवद्ध गरेर कार्यान्वयन गर्न प्रभावकारी कदम चालिने संघको भनाइ छ ।

कार्यक्रममा उपाध्यक्ष पुनम गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ सम्बन्धमा र स्वागत मन्तव्य दिइन् ।

उक्त कार्यक्रम संयोजन प्रवक्ता रमेश सरांगकोटीले गरेका हुन् । कार्यक्रम उनैले सन्चालन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री