बेलायतमा बौद्ध गुम्बा बनाउने अभियान


लन्डन । दक्षिणपूर्व लन्डन क्षेत्रमा 
केही वर्ष यता बौद्धमार्गी नेपालीहरुको वाहुल्यता बढ्दै गएको छ । तर, धार्मिक कार्यक्रम सञ्चालन गर्दा स्कुल वा सामुदायिक हल भाडामा लिनुपर्ने वाध्यता छ । आफ्नै सामुदायिक भवन 
छैन् ।

नेपालीहरुका लागि एउटा बेग्लै बौद्ध मन्दिर-गुम्बाको आवश्यकता महशुस गरि यस क्षेत्रमा स्थायीरुपले बसोबास गर्दै आएका नेपालीको एक समूह बौद्ध गुम्बा निर्माण गर्ने अभियानमा जुटेको छ ।

यस पूण्य अभियानमा डायमन्ड बुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङ तथा उनको समूह विगत केहि समयदेखि आर्थिक संकलनमा सक्रिय छन् । यसै क्रममा आगामी अप्रिल २१ तारिखका दिन सेन्ट मार्गरेट ग्रोभ, उलवीच कमनस्थित श्री कछ सत्संघ स्वामी हिन्दू मन्दिरमा च्यारिटी कार्यक्रम गरिने भएको छ । कार्यक्रममा धार्मिक पूजापाठ तथा प्रवचन र शुद्ध शाकाहारी भोजन व्यवस्था गरिने बताइएको छ ।

बौद्ध गुम्बा निर्माण अभियानका लागि यूकेभरका नेपाली 
संघसंस्थालाई पत्राचार गरी अपिल गरिएको डायमन्ड बुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङले बताए ।

डायमन्ड बुद्धिष्ट सेन्टर यूकेले पछिल्लो समय बौद्ध धर्मका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री