रोजिनाद्वारा मृगौला पीडित कंवारलाई आर्थिक सहयोग

लन्डन । दुवै मृगौलाले काम गर्न छाडेर उपचार गराइरहेका कुस्ती खेलाडी शिव कंवारलाई बेलायत बस्ने एकजना समाजसेवी महिला रोजिरा प्रधान राईले आर्थिक सहयोग गरेकी छन् । रोजीहिरा फाउण्डेशन अध्यक्ष रोजिना प्रधान राईले आफ्नो पहलमा संकलित रकम ५७ हजार २०० रुपैयां मंगलबार कंवारलाई हस्तान्तरण गरिएको हो ।

कर्म पहाडीले कंवारको घरमै गएर उक्त रकम प्रदान गरेका थिए । रकम पाएपछि मृगौला पीडित कंवारले विशेष गरि रोजिनाप्रति आभार व्यक्त गरेका छन् ।

रोजिनाले एसियन महिला असोसिएसन (आमा) लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर निरन्तर च्यारिटी 
गर्दै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री