बेलायती प्रधानमन्त्रीको बहुप्रतिक्षित भाषण अघि टक्ससंग भेटवार्ता

लण्डन, १७ फागुन – बेलायती प्रधानमन्त्री टेरेजा मे र युरोपेली संघ (इयु) का अध्यक्ष डोनाल्ड टक्सबीच बिहीबार भेटवार्ता भएको छ ।

ब्रेक्जिट र उत्तरी आयरल्याण्डबारेमा उहाँहरूको भेटवार्ता केन्द्रीत भएको इयूका अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा भएको भेटवार्तामा युरोपेली संघसँग छुट्टिएपछि भविष्यमा बेलायत र युरोपेली संघको सम्वन्ध एक आपसमा कस्तो रहने भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।

मेले शुक्रबार बहुप्रतिक्षित भाषण गर्ने भएकाले त्यसको पूर्व सन्ध्यामा उहाँहरूबीचमा भेटवार्ता भएको हो ।

युरोपेली संघले यसै हप्ता प्रकाशित गरेको मस्यौदा कानुनमा उत्तरी आयरल्याण्ड र आयरल्याण्डको सिमानामा कुनै सिमा शुल्क नलिने योजना राखिएको छ ।

उत्तरी आयरल्याण्डले ल्याएको प्रस्तावप्रति बेलायती प्रधानमन्त्री मेले आक्रोश व्यक्त गर्दै भन्नुभयो, ‘आफ्नो प्रस्तावमा सहमत नभएमा उत्तरी आयरल्याण्ड यस विषयमा कि त इयुसँगै रहन्छ कि प्रस्तावको विकल्प सहित प्रस्तुत हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री