वरिष्ठ साहित्यकार अधिकारी दम्पत्ति लन्डनमा

लन्डन । वरिष्ठ साहित्यकार मुक्तक शिरोमणी तीर्थराज 
अधिकारी श्रीमति सिता अधिकारीका साथ शनिबार लन्डन आइपुगेका छन् । अधिकारी दम्पत्ति लन्डनमा आयोजना हुन लागेको ‘पारिजात जयन्ती तथा मुक्तक वाचन’ कार्यक्रमका लागि विशेष अतिथीका रुपमा लन्डन आएका हुन् ।

अधिकारी दम्पत्तिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

समाजले आइतबार १२ बजे लन्डन चाल्टन एफसी हलमा एक कार्यक्रम गर्ने तयारी गरेको छ । कार्यक्रममा पारिजात जयन्ती तथा साहित्यकार अधिकारीको एकल मुक्तक वाचन र अन्य श्रष्ठाहरुको पनि रचना वाचन व्यवस्था मिलाइएको समाजका अध्यक्ष गुरुङले जनाए ।

समाजले उक्त कार्यक्रममा सहभागिताका लागि इच्छुक श्रष्ठाहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री