लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको चौंथो अधिवेसनका लागि केन्द्रिय नेताहरु लण्डन आउने पक्का भएको छ । केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्टले भिजा लिइसकेका छन् ।
शाखाको चौंथो अधिवेसन १९ मेमा अल्डरसटको एमपायर हलमा हुँदैछ ।
शाखाको चौंथो अधिवेसनका लागि आज १३ मे बिहान १० देखि उमेद्ववारी मनोनयन दर्ता हुने कार्यक्रम छ ।
अध्यक्ष पदका लागि नरेश खपाङी मगर, ध्रुबराज अर्याल, श्याम लुइटेल र दिनेश परियारले उमेद्ववारी दर्ता गर्ने घोषणा गरेका छन् ।