व्यवसायी भट्टराईद्वारा चितवन प्रदर्शनी केन्द्रका लागि ५ लाख रुपैयां प्रदान

लन्डन । लन्डनका सफल व्यवसायी तथा समाजसेवी मिलन भट्टराईले भरतपुर चितवनमा निर्माणाधिन चितवन प्रदर्शनी केन्द्रका लागि ५ लाख रुपैयां प्रदान गरेका छन् । चितवन उद्योग संघले गत आइतबार आफ्नै सभाहलमा गरेको कार्यक्रममा भट्टराईले उक्त सहयोग प्रदान गरेका हुन् ।

संघले भट्टराईलाई कार्यक्रममा भव्य स्वागत गर्दै सहयोगका लागि आभार व्यक्त गरेको थियो ।

चितवन उद्योग संघले सरकारबाट १५ करोड रुपैयां सहयोग लिइ करिब ५० करोड रुपैयां लागतमा एक प्रदर्शनी केन्द्र बनाइरहेको छ ।

भरतपुर चितवन स्थायी घर भएका भट्टराईले यसअघि भूकम्पका बेला गृहजिल्लामा च्यारिटी डिनर र व्यक्तिगत गरि ५१ लाख रुपैयां प्रदान गरेका थिए ।

भट्टराईको लन्डनमा एभरेष्ट स्पाइस रेष्टुरेन्टका ६ वटा ‘आउटलेट’ छन् । लन्डनको पोस एरिया मानिने स्ट्यानमोर हिलमा सभाकक्ष समेत गरि करिब ५ सय सिट क्षमताको ‘एभरेष्ट एबरकोर्न’ खुबै चल्ने मध्ये एक रेष्टुरेन्ट हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री