लण्डनमा नेपाली कक्षा चलाउन ‘च्यारिटी डिनर’ गरिंदै
लन्डन – नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले बर्न्टओक नेपाली समाजसंगको सहकार्यमा नयाँ वर्ष २०७६ को अवसरमा एउटा ‘च्यारिटी डिनर’ आयोजना गर्ने भएको छ।
ह्यारो विल्डस्टोनस्थित ब्लुरुम रेष्टुरेण्टमा आइतबार १४ एप्रिल २०१९ का दिन बेलुका ६ बजे देखि कार्यक्रम शुरु हुने केन्द्रले जनाएको छ।
गएको दुई वर्षदेखि बर्न्टओकमा सन्चालित नेपाली कक्षाको सहयोगार्थ उक्त च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष सुमन प्रधानले बताए।
कायर्क्रममा नेपाली कक्षामा अध्ययनरत बालबालिकाहरुले पनि आ-आफ्नो प्रस्तुति देखाउनेछन्।
सो कायर्क्रममा नेपालबाट आउने कलाकारहरुको पनि प्रस्तुती हुने प्रधानले जानकारी दिएका छन्।