लन्डन । यतिखेर बेलायत एनआरएनमय छ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) को ०१९२१ कार्यसमिति चयनका लागि आउंदो साता सेप्टेम्बर १४ मा निर्वाचन हुने भएकाले पनि उम्मेदवारहरु मत माग्न व्यस्त छन् ।
यसै सिलसिलामा इंगल्याण्ड राज्य समितिको सदस्य पदमा उम्मेद्वारी दिएका लायन्स क्लब अफ लन्डन, हेन्डनका अध्यक्ष प्रकाश न्यौपानेले पनि भोट दिन अपिल गरिरहेका छन् ।
यथार्थ बोल्ने न्यौपाने निर्वाचित हुने उच्च पदाधिकारीलाई निर्वाचन अगाडि गरेका प्रतिवद्धता कार्यान्वयन गर्न/गराउन आफ्नो उम्मेद्वारी भएको बताउंछन् ।
पर्वत जिल्ला बिहादी बराचौरमा जन्मिएका न्यौपाने पर्वत वेलफेयर सोसाइटी युकेको वर्तमान सचिव तथा प्रवक्ता छन् । ‘नेपाल भ्रमण वर्ष- २०२०’ प्रवर्धन गर्न नेपाली राजदूतावास लन्डनले उनलाई सामाजिक सञ्जाल समन्वय परिषदमा सचिवको जिम्मेवारी पनि दिएको छ ।