लन्डन । एनआरएनए यूकेको नयां कार्यसमिति चुन्न मतदान शुरु भएको छ । स्कटल्याण्डबाहेक संयुक्त अधिराज्यको ११ मतदान केन्द्रमा मतदान शुरु भएको हो । स्कटल्याण्डमा मतपत्रसहितका सामाग्री जहाजमा छुटेकाले केही ढिला शुरु हुने निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठले जानकारी दिए ।
मतदानका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ । सेक्युरिटी गार्ड, सिसीटिभी र निर्वाचन कार्यक्रमबारे स्थानीय प्रहरीलाई पनि ‘अलर्ट’ गराइएको श्रेष्ठले जनाए ।
निर्वाचनमा भाग लिने सबै मतदाताहरुले अनिवार्य रुपमा फोटो भएको परिचय पत्र (ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा एनआरएनए युकेको परिचयपत्र आदि) ल्याउनुपर्ने समितिले जनाएको छ । ड्राइभिङ लाइसेन्स नभई अन्य परिचय पत्र भएको हकमा ठेगाना खुल्ने कागज पेश गर्नुपर्नेछ । निर्वाचन बिहान ८ देखि सांझ ८ बजेसम्म हुनेछ ।
निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउने अठोट सहित निर्वाचन समितिले मताधिकार प्रयोग गर्न सबैमा अपिल गरेको छ । यसपटक मतदाता संख्या १३ हजार ६ सय २९ छ ।
पञ्जिकृत सदस्यका हिसाबले ८० देशमा रहेका गैरआवासीय नेपाली संघका शाखामध्ये बेलायत सबैभन्दा ठूलो भएकाले विश्वभरका एनआरएनले यस निर्वाचनलाई चासोका साथ नियालिरहेको छ ।
अध्यक्षमा पुनम गुरुङ र शेरबहादुर सुनारबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । कतिपय अवस्थामा अस्वस्थ्य प्रतिष्पर्धाका गतिविधि समेत सतहमा आएको छ । उम्मेदवारभन्दा उनीहरुलाई कांधमा बोकेर हिंड्ने केही राजनीतिक कार्यकर्ता र पत्रकारहरुले सामाजिक विखण्डन ल्याउनेतर्फ अग्रजहरुको चिन्ता बढेको छ ।
Addresses for Polling stations and responsible EC
1. Reading
EC Member – Maj Retd Krishna Gurung
Address:
1a Cumberland Road { Redcarpet}
RG1 3LB
Berkshire
England
2. Ashford Kent
EC Members- Lt Retd Siri Limbu and RASTRA RAI
Address:
St Francis Church
(Bihibare)
Cryol Road
Ashford
TN23 5AS
Kent
3. Leicester – Midlands
EC Member – Raju Kandel
Address:
Beaumont Leys School
Anstey Lane
Beaumont Leys
Leicester
LE4 0FL
4. Swindon
EC Member – Umesh Moktan
Address:
Buckhurst Park Community Centre
Burghley Close
Walcot
SN3 3BS
5. Basingstoke
EC Member – Naresh Khapangi Magar
Address:
Chute House,
Churchill Way
Basingstoke
RG21 7QT
6. Aldershot
EC Members- Maj Retd Damar Ghale, Shibaji Shrestha, Dut Pun
Address:
Empire Hall
High St
Aldershot
GU11 1DJ
7. Birmingham
EC Member – Retd Lt Col Yam Rana
Address:
Masonic Hall
(West Bromwich) Ltd.
Petter St, West Bromwich
B70 8NN
Birmingham
8. South East London
EC Member – Karna Shahi
Address: Mulgrave Primary School
Rectory Place,
Woolwich,
London
SE18 5DL,
9. South Harrow
EC Member – Dr Sumaya RAI
Address:
South Harrow sports club
Valentine road ,
South Harrow
HA2 8EG
10. Belfast, Northern Ireland – Tika Ram Kandel
The Sarpon Restaurant Belfast 128 Upper Lisburn Road, Belfast, Co Antrim Northern Ireland, UK BT10 0BE.
11. Cardif, Wales – Bikash Ranapaili
Roath Social Club
7-11 Cyril Crescent
Cardiff
CF24 1DQ
12. Edinborough- Ram Bagale
Himalayan Centre
121 Great Junction Street
EH6 5JB Edinburgh
City Of Edinburgh Scotland
13. Glasgow- Dr Ram Adhikari
1 Priory Avenue
Paisley, PA3 4NS