अनुष्कालाई ‘मल्टिमिडिया अवार्ड’

लण्डन । मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गत मल्टिमिडिया अवार्ड जितेकी छन् । बिहीबार मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणापछि अनुष्काले खुशी व्यक्त 
गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन् । यस अवार्ड जितेपछि सिधै ‘टप ४०’ मा पुगिन्छ । त्यसो त यसअघि नै अनुष्का ‘हेड टु हेड च्यालेन्ज राउन्ड टु’ जितेर टप ४० मा पर्न सफल भएकी थिइन् । यस बाहेक उनी ‘ब्युटी वीथ अ परपोज’ को टप १० मा पनि परेकी छन् ।

लन्डन एक्सेलमा शनिबार हुने ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिष्पर्धा गर्न यतिखेर १११ देशका सुन्दरी लण्डनमा छन् ।

तस्बिर- शंकर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री