जीनर्जीको नेपाली समुदायका लागि नयाँ योजना

लण्डन । बिजुली र ग्याँस वितरण गर्दै आएको जिनर्जीले नेपाली कम्युनिटीका लागि नयाँ ‘स्किम’ बाहिर ल्याएको छ । यसअघि अपरेसन मेनेजरको रुपमा रहेका मेग गुरुङले नेपाली कम्युनिटीसंग समन्वय गर्ने जिम्मेवारी पाएसंगै उनले नेपाली कम्युनिटीलाई सहयोग गर्ने उद्देश्य अनुरुप नयाँ स्किम बाहिर ल्याएका हुन् । उनका अनुसार कुनै पनि कम्युनिटीमार्फत कम्तिमा १० वटा घरले बिजुली र ग्याँसको ग्राहक बनेमा प्रति घर २० पाउण्डको दरले बार्षिक २०० पाउण्ड पाउनेछन् । सोही अनुसार ग्राहक संख्याको आधारमा सो रकम वृद्धि हुदै जानेछ ।

जिनर्जीले ब्रोकरलाई दिदै आएको रकम सिधैं नेपाली कम्युनिटीलाई दिएमा कम्युनिटी पनि आफ्नो उद्देश्यमा अघि बढ्न सहयोग हुने विश्वासका साथ सो नयाँ योजना बजारमा ल्याइएको गुरुङ बताउँछन् । आफूहरुले कम्युनिटीलाई मात्र होइन, सम्बन्धित ग्राहकलाई समेत शुरुमा ५० पाउण्डको क्रेडिट उपलब्ध गराउदै आएको र संगसंगै बजार भाउमा समेत अरु इनर्जीको तुलनामा सस्तो हुने गुरुङको भनाई छ ।

प्रतिघर वार्षिक २० पाउण्ड प्रदान गर्ने योजना सानो देखिएपनि कुनै पनि संस्थामार्फत एक हजार घर ग्राहक बनेको अवस्थामा प्रत्येक बर्ष सो संस्थाले २० हजार पाउण्ड पाउने छन् । जसबाट नेपाली कम्युनिटीले अझ च्यारिटीमा थप सहयोग गर्न सक्ने विश्वास लिइएको छ ।

जिनर्जी भूतपूर्व ब्रिटिश गोर्खाजहरुको सक्रियतामा सन् २०१३ सालमा स्थापित सम्भवत नेपालीहरुले संचालन गरेको पहिलो इनर्जी कम्पनी हो । जिनर्जीले कम्पनी स्थापना भएको ६ बर्षमा २२ जना नेपाली फ्रेश ग्रेज्यूयट (भाञ्जाभाञ्जी) लाई रोजगार प्रदान गरेको छ भने करीब २० हजार भन्दा बढी मिटर पोइन्ट जोडेर थुप्रै ग्राहक बनाउन सफल भएको छ । त्यस्तै, जिनर्जीले आफ्ना ग्राहकहरुको सेवा, सुविधा र फाईदालाई ध्यानमा राखेर विभिन्न कम्पनीहरुसंग सहकार्य गरेको समेत जनाइएको छ । जसअनुसार हालै होम ट्रि संग पहिलो समझदारी भएको छ । जसले प्रतिस्पर्धात्मक दरमा ग्याँस बोइलर सर्भिस र होम कियर इन्स्योरेन्स गर्दछ । संगसंगै ७५ पाउण्डको एमाजन भौचर समेत प्रदान गर्नेछ ।

बेलायतका अधिकांश शहरमा सेवा उपलब्ध गराउन सकिने जिनर्जीमा अंग्रेजी, नेपाली र हिन्दी ३ भाषामा कुरा गर्न सकिने छ । त्यस्तै, जिनर्जीको नयाँ स्किम बारे बुझ्न चाहेमा ०१२५२४९४१४१ फोन नम्बर वा [email protected] ईमेलमार्फत सम्पर्क गर्न सकिने छ । त्यस्तै, विस्तृत जानकारीका लागि www.gnergyuk.com मा जान सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री