प्रा. सुवेदीको ग्रन्थ फारसी भाषामा

प्राध्यापक सुवेदी

लन्डन । प्रा. डा. सूर्यप्रसाद सुवेदी (ओबिइ, क्यूसी) को बेलायतबाट प्रकाशित अन्तर्राष्ट्रिय वैदेशिक लगानी कानूनः सिद्धान्त र नीति नामक ग्रन्थ फारसी भाषामा पनि अनुवाद भइ इरानमा प्रकाशित भएको छ । इरानका कानूनका प्राध्यापक मोहम्मद हवीवीले उक्त ग्रन्थ दुई वर्ष लगाएर अनुवाद गरेका हुन् ।

इरान, अफगानिस्तान र ताजिकिस्तान जस्ता देशमा बोलिने फारसी जस्तो प्राचीन संस्कार र संस्कृति भएको भाषामा आफ्नो ग्रन्थ अनुवाद भइ प्रकाशित भएकामा आफूलाई खुशी लागेको प्रा. सुवेदीले बताए ।

प्रा. सुवेदीको उक्त ग्रन्थ अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय भएको छ । लन्डन विश्वविद्यालय लगायत संसारका धेरै प्रतिष्ठित विश्वविद्यालयहरुको स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा यो ग्रन्थ समावेश छ ।

उक्त ग्रन्थ दुई वर्षअघि चिनिया भाषामा पनि अनुवाद भइ चीनमा प्रकाशित भएको थियो । उक्त ग्रन्थ अहिले चौंथो संस्करणमा प्रकाशोन्मुख छ ।

अन्तर्राष्ट्रिय कानूनका विभिन्न विषयमा यस्ता ८ वटा अन्तर्राष्ट्रिय स्तरका ग्रन्थ र झण्डै सयवटा अन्तर्राष्ट्रिय जर्नलहरुमा लेख प्रकाशित गरिसकेका प्रा. सुवेदीको विद्धतालाई कदर गर्दै गत वर्ष अक्सफोर्ड विश्वविद्यालयले उनलाई महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री