एनआरएनए यूकेको चुनाव खर्चमात्र १ लाख ११ हजार ८४५ पाउण्ड १५ पेन्स

लन्डन । एनआरएनए यूकेको अघिल्लो कार्यसमितिले निर्वाचन सम्पन्न भएको करिब साढे ४ महिनापछि बल्ल आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । संघका निवर्तमान अध्यक्ष योगकुमार फगामी नेतृत्वको कार्यसमितिले आइतबार वर्तमान कार्यसमितिसमक्ष 
प्रतिवेदन पेश गरेको निवर्तमान कोषाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए ।

०१७-१९ कार्यसमितिले अघिल्लो कार्यसमितिबाट एक लाख ३६ हजार २९६.८७ पेन्स लिएको थियो । त्यसमध्ये ५५ हजार ५५०.९५ तिर्न बांकी हुंदा कार्यसमितिसंग ८० हजार ७४५.९२ पेन्स वचत थियो । यसमा नेपाल हाउस वापत उठेको रकम ४३ हजार २२३ पाउण्ड २१ पेन्स समेत छ ।

नेपाल हाउसको पैसा बाहेक ३७ हजार ५२२.७१ कार्यसमितिसंग थियो ।

गत सेप्टेम्बरमा सम्पन्न निर्वाचनका क्रममा एक लाख ३८ हजार ९०० पाउण्ड सदस्यता शुल्क र ६८ हजार ७०० उम्मेदवारी शुल्क वापत उठेकामा १ लाख ११ हजार ८४५ पाउण्ड १५ पेन्स निर्वाचनमै खर्च भएको २२ पेज लामो प्रतिवेदनमा छ ।

निर्वाचनमा अल्डरसटको एम्पायर हल भाडामात्र ३३ हजार ६२४ पाउण्ड र सेक्युरिटी खर्च १२ हजार ६९२ पाउण्ड तिरिएको छ ।

संघ अहिले १० हजार ४५० पाउण्ड घाटामा रहेको प्रतिवेदनले जनाएको छ ।

निवर्तमान युवा संयोजक एलबीजेड गुरुङले अभिनेता राजेश हमालको कार्यक्रम खर्च १२ हजार ८६९.३९, निवर्तमान उपाध्यक्ष शेर सुनारको अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यक्रम गर्दा दुई हजार पाउण्ड र महासचिव आर के त्रिपाठीको ५०० पाउण्ड खर्च (इन्भोइस छैन्) ले वार्षिक साधारणसभापछि बिल पेश गरेका हुन् ।

संस्थाका पदाधिकारीले खाजा खर्चमा मात्र ९ हजार १६४.९२ पाउण्ड खर्च गरेका छन् ।

लामो समयसम्म प्रतिवेदन सार्वजनिक नहुंदा विभिन्न नकारात्मक टिप्पणी आएपनि हरहिसाब दुरुस्त भएको श्रेष्ठको दावी छ । ।

प्रतिवेदनको पूर्ण विवरण हेर्न तलको लिंक क्लिक गर्नुहोस्-
https://drive.google.com/file/d/1HEZNpejj8Fy0lOk3p4fCp34jOGqc6AuO/preview?fbclid=IwAR2dc8aehJMkMPx5D20n5668RmkhVKS1HqYtOVUJ6Xw8Rm5Wx067MNthYmQ

प्रतिक्रिया

सम्बन्धित सामाग्री