१५ औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागिताका लागि आव्हान

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ

लन्डन । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले संघका दुई आसन्न कार्यक्रम १५औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागिताका लागि आव्हान गरेकी छन् ।
बिहीबार सांझ एक विज्ञप्ति जारी गर्दै अध्यक्ष गुरुङले गैर आवासीय नेपाली संघ यूकेले स्थापनाकालदेखि हालसम्मका गतिविधि र आगामी कार्यदिशाबारे छलफल तथा नवनियुक्त सल्लाहकारहरुलाई सम्मान र पूर्व तथा वर्तमान कार्यसमितिलाई एकै मञ्चमा आमन्त्रित गर्न लागिएको जनाएकी छन् ।
उनले विज्ञप्तिमा आफ्नो हालैको नेपाल भ्रमणका उपलब्धिबारे पनि अवगत गराएकी छन् ।
विज्ञप्ति जस्ताको तस्तैः
मितिः २७ फेब्रुअरी २०२०
आदरणीय केन्द्रीय महासचिवज्यू, डिआरसीज्यू, केन्द्रीय सल्लाहकारज्यू,
एनसीसी यूके पूर्व अध्यक्ष तथा संरक्षकज्यूहरु, आइसीसी सदस्यज्यूहरु, मानार्थ सदस्यज्यूहरु, विभाग तथा टाक्सफोर्सका साथीहरु, एनसीसी यूके सल्लाहकारज्यूहरु, कार्यसमिति परिवार, राज्य समिति परिवार, अग्रज अभियन्ता, पूर्व गोर्खाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरु ।
विषयः एनआरएन यूकेको मार्च ५ र ८, २०२० को कार्यक्रमबारे-
महोदय,
भर्खरै मेरो नेपाल भ्रमणको दौरानमा एनआरएनए यूकेको प्रतिनिधित्व गर्दै सफल पोखरा म्याराथनमा सहभागिता जनाउनुका साथै एनआरएनका जल्दाबल्दा सवालहरु १) नागरिकताको निरन्तरता २) नेपालमा रहेका हाम्रो सम्पत्तिको सुरक्षा र ३) गोर्खाजको समान अधिकारको सवाल लगायतका विषयहरुमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू, पूर्व प्रधानमन्त्री माननीय पुष्पकमल दाहालज्यू, राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठज्यू लगायत उच्च पदाधिकारीहरुबीच सघन र पारस्परिक हितका विषयमा महत्वपूर्ण छलफल भएको छ ।
उहांहरु समक्ष गैर आवासीय नेपाली संघ यूकेको धारणा र हाम्रा समस्या तथा समाधानका सम्भाव्य उपायहरुकाबारेमा समेत गहन छलफल भै सकारात्मक धारणा पाइएको जानकारी गराउन पाउंदा हर्षित छु ।
यसै परिप्रेक्षमा गैर आवासीय नेपाली संघ यूकेले स्थापनाकालदेखि हालसम्मको गतिविधि र आगामी कार्यदिशाको बारेमा छलफल तथा नवनियुक्त सल्लाहकारज्यूहरुलाई संक्षिप्त सम्मान कार्यक्रमका साथै पूर्व तथा वर्तमान कार्यसमितिलाई एकै मञ्चमा आमन्त्रित गर्दै निम्न मिति, स्थान तथा समयमा आयोजना गरिएको ‘Reflect and Respect’  नामक १५औं वार्षिकोत्सव कार्यक्रममा यहांहरुको सहभागिताका लागि सादर आमन्त्रण गर्दछु ।
साथै ८ मार्च २०२० का दिन हुने 
अन्तराष्ट्रिय नारी दिवस कार्यक्रममा समेत सहभागिताका लागि अनुरोध गर्दछु । कार्यक्रमहरुका लागि छुट्टै निमन्त्रणा पठाइसकिएको छ । यदि प्राप्त नभएको अवस्थामा यसैलाई निमन्त्रणा सम्झी दुवै कार्यक्रममा यहांहरुको सहभागिताका लागि सविनय अनुरोध गर्दछु ।
15th Anniversary कार्यक्रम हुने मिति, स्थान तथा समय:
मिति: ५ मार्च २०२०, बिहिबार
समय:  अपरान्ह ५ बजे देखि ९ बजेसम्म
Venue: Empire, Banqueting Hall
Aldershot, Hampshire,
GU11 1DJ
नारी दिवस कार्यक्रम विवरण: 
मिति: ८ मार्च  २०२०
समय: अपरान्ह १३ देखि ५ बजेसम्म
Venue: Venue 5,
446 Field End Road, Ruislip
HA4 9PB
हार्दिक धन्यवाद एवं ५ मार्च तथा मार्च ८, २०२० मा भेट्ने अभिलाषा सहित ।
पुनम गुरुङ, अध्यक्ष
एनआरएनए यूके

प्रतिक्रिया

सम्बन्धित सामाग्री