बर्मिङघममा नेपालको पर्यटन प्रवर्धन गर्न विशेष कार्यक्रम

लण्डन । नेपाली राजदूतावास लण्डन र शान्ति नेपाली समाज बेलायतको संयुक्त आयोजनामा बर्मिङ्घममा नेपालको पर्यटन प्रवर्धन गर्न २ मार्च २०२० मा एक विशेष कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्रमुख अथिति स्याण्डवेल काउन्सिलका मेयर डा. एन जारोनले आफ्नो नेपाल भ्रमण स्मरण गर्दै आफू सधैं नेपालको प्राकृतिक, साँस्कृतिक तथा अन्य विविधताप्रति मोहित भएको र व्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न सधैं प्रोत्साहन गरिरहने जानकारी गराउनु भएको थियो । 

नेपाली राजदूतावासका उपनियोग प्रमुख शरदराज आरणले कोरोना भाइरसको संक्रमणमा भैरहेको विस्तारले हाल ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम स्थगित गरिएपनि आफ्नो अनुकुलता र भ्रमण गर्ने वातावरण तयार भएपछि नेपाल भ्रमण गर्न अनुरोध गर्नुभएको थियो । 

उक्त कार्यक्रममा पवन कंडेलले नेपालको ऐतिहासिक पक्षका साथै प्राकृतिक, साँस्कृतिक सुन्दरता लगायत विषयमा एक प्रस्तुति गर्नुभएको थियो । ब्रिटिश नागरिक एडी वोयनले आफूले नेपाल भ्रमण गर्दा देखेका सुन्दर पक्षहरुको बारेमा प्रकाश पार्दै आगामी दिनमा नेपाल भ्रमण गर्न अपिल गर्नुभएको थियो । 

सो कार्यक्रममा शान्ति नेपाली समाज बेलायतका उपाध्यक्ष श्रीमती जयन्ती थापाले स्वागत मन्तव्य र अध्यक्ष लिला थापाले समापन मन्तव्य व्यक्त गर्दै शान्ति नेपाली समाज नेपालको पर्यटन प्रवर्धन गर्न उत्साहित रहेको जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरुले नृत्य र झाँकी प्रस्तुत गर्नुका साथै नौमती बाजा समूहले विशेष संगीत प्रस्तुत गरी अथितिहरुको स्वागत गरेको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख अथिति लगायत अन्य काउन्सिलर र अथितिहरुलाई नेपालको पर्यटन प्रवर्धन सामाग्री प्रदान गरिएको थियो  सो अवसरमा समाजले क्यान्सर रिसर्च यूकेलाई २७६ पाउण्ड चन्दा समेत प्रदान गरेको थियो ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री