क्याम्ब्रिज विश्वविद्यालय विद्यार्थी युनियन अध्यक्षमा नेपाली चेली आस्था

astha DAHAL

आस्था : फोटो फेसवुकबाट

बेलायत । नेपाली चेली आस्था दाहाल विश्वकै प्रतिष्ठित मध्येको एक क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियन अध्यक्षमा निर्वाचित भएकी छिन् । न्यू स्पटलाइट अनलाईनकाअनुसार आस्था विश्वविद्यालयको पोस्ट ग्राजुएटअन्तर्गत अध्यक्षमा निर्वाचित भएकी हुन् ।

आस्थाले कुल खसेको २ हजार ७ सय ४४ मतमध्ये एक हजार ३ सय ९५ मत प्राप्त गरेकी थिइन् । उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी लुइसा डेरागोनले ७ सय ८ मत प्राप्त गरेकी छिन् ।

दाहालले आगामी जुलाईदेखि जिम्मेवारी सम्हाल्ने छिन् । विश्वभर प्रख्यात क्याम्ब्रिज बेलायतको पुरानो बिश्वविद्यालय हो ।

ललितपुरको रातो बंगला स्कुलबाट विद्यालय शिक्षा हासिल गरेकी आस्था नेपालमा रहँदा पनि समानता र न्यायका लागि विभिन्न अभियानमा संलग्न रहेकी बताइन्छ । आस्थाले विश्वविद्यालयमा मानसिक स्वास्थ्य सेवालाई बढावा दिने र विद्यावारिधिका विद्यार्थीलाई दिइने आर्थिक सहयोग बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । दाहालले क्याम्ब्रिज बिश्वविद्यालयबाट क्रिमिनोलोजीमा विद्यावारिधि गरिरहेकी छिन् ।


asth mahal

प्रतिक्रिया

सम्बन्धित सामाग्री