बेलायतका नेपालीले अब ग्लोवल आइएमइ बैंकमा पाउण्डमै मुद्दती खाता खोल्न सक्ने

लन्डन । बेलायतस्थित नेपालीले अब ग्लोवल आइएमइ बैंकमा पाउण्डमै मुद्दती खाता 
(फिक्सड डिपोजिट अकाउण्ट) खोल्न सक्ने भएका छन् ।

बैंकको अल्डरसटस्थित सम्पर्क कार्यालयमा कार्यरत सिनियर बिजनेश डेभलप्मेन्ट म्यानेजर अमित चालिसेले बेलायतका नेपालीलाई लक्षित गर्दै बैंकले नयां ‘स्किम’ ल्याएको जानकारी दिए ।

उक्त खाता खोले वार्षिक ४ दशमलव ५ प्रतिशत ब्याज आउने, म्याचुरिटी भएपछि बैंकमार्फत आफ्नो सावा-ब्याज फिर्ता ल्याउन सकिने, त्रैमासिक ब्याज आउने, यूकेका अरु बैंकमा भन्दा बढि ब्याज पाइने, आफूले राखेको रकमबाट नेपालमा ९० प्रतिशतसम्म ऋण लिन सकिने, मोबाइल र इन्टरनेट बैंकिग सेवा उपलब्ध हुने जस्ता फाइदा रहेको पनि चालिसेले जनाए ।

ग्लोवल आइएमइ बैंकको अल्डरसटस्थित सम्पर्क कार्यालयले विगत २ वर्षदेखि ग्राहकलाई सेवा दिइरहेको छ । उक्त कार्यालयबाट नेपालमा खाता खोल्ने देखि यस बैंकसंग सम्बन्धित अन्य सेवाबारे जानकारी लिन सकिन्छ ।

ग्लोवल आइएमइ बैंकका १९ लाख ग्राहक छन् । बैंकको अधिकृत पूंजी करिब २५ अर्ब रुपैयां र चुक्ता पूंजी १९ अर्ब रुपैयां छ । यसका नेपालमा २६६ शाखा छन् भने एटिएम संख्या २५० छ । बैंकले भारत, बेलायत र अष्ट्रेलियामा सम्पर्क कार्यालय राखेर विदेशस्थित नेपालीलाई पनि सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री