सयपत्रीमा पुन: डम्बर सिंह

लण्डन । सयपत्री नेपाली साँस्कृतिक समूह युकेको चौथो अधिवेशनले पुन: डम्बर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति (२०२० –२०२२) चयन  गरेको छ । उपाध्यक्षमा दिपक शाही, महासचिव गौरब क्षत्री, सचिब डा. दीपक जिसी, कोषाध्यक्ष सुश्री अभिशा गुरुङ, सह-कोषाध्यक्ष सुश्री गीता केसी र सदस्यहरुमा दिनेश अर्याल, श्रीमती बन्दना खत्री, राजेन्द्र बुढाथोकी, शिव कंडेल र बिबेक बोहोरा चयन भएका छन् ।

सो आधिवेशनमा निर्वाचन मन्डलको भूमिकामा संयोजक     राजकुमार सुनार र सदस्यहरुमा राजेन्द्र क्षत्री र नवराज घले थिए । 

सोही अधिवेशनमा राजेन्द्र क्षत्री, राजकुमार  सुनार, बुद्दि  गुरुङ, श्रीमती आशा राई, शिवजी श्रेष्ठ, खिम खत्री, पदमा गुरुङ, अमृत गुरुङ, बाम गुरुङ, मनोज अन्जान र शशी गुरुङलाई सल्लाहकार मनोनित गरिएको छ ।

गत ७ मार्च २०२० मा वकिङ मेबरी सेन्टरमा भएको अधिवेशनमा महासचिव क्षत्री र कोषाध्यक्ष डा. दीपक जिसीद्वारा प्रस्तुत द्विबार्षिक संस्थागत र आर्थिक प्रतिवेदन माथि टिप्पणी गर्दै सल्लाहकारद्वय नवराज घले र राजकुमार सुनारले सयपत्रीले युकेमा उदाहरणिय कार्य गरेको र यसको आर्थिक पारदर्शीतामा कुनै खोट नरहेको बताए ।

सयपत्री नेपाली साँस्कृतिक समूह युकेले बिगत १४ बर्षदेखि बेलायतमा नेपाली कला सँस्कृतिको संरक्षण र संबर्धन गर्दै  नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा लागिपरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री