कोरोना विरुद्ध डार्टफोर्ड नेपाली समाज स्वयंसेवी अभियानमा


लन्डन । डार्टफोर्ड नेपाली समाज (डिएनसि) ले कोरोना भाइरसका आंशकामा ‘सेल्फ आईसोलेसन’ मा बसेका डार्टफोर्ड केन्ट क्षेत्रमा बसोबास गर्ने नेपाली तथा अन्य समुदाय, खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने आपतकालिन अवस्थामा मद्दत गर्न स्वयंसेवी प्रयास शुरु गरेको छ । मंगलबार बसेको डिएनसि बैठकले केन्ट क्षेत्रमा बसोबास गर्ने समाजका सदस्यहरुले समाजसेवीका रुपमा त्यस्तो अभियान शुरु गर्ने निर्णय गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न बेलायत सरकारले जनतालाई भिडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला डार्टफोर्ड केन्ट क्षेत्रमा समुदायका लागि डिएनएसका पदाधिकारीहरुले त्यस्तो पहल लिएका हुन् ।
विश्वभर कोरोना भाइरसबाट बच्न र अरुलाई पनि बचाउन यो संस्थाले काम थालेको डिएनसिका अध्यक्ष गजेन कट्वालले बताए । उनका अनुसार डिएनसिले यदि कोही क्वारन्टाईनमा हुनुहुन्छ र घरमा सामानहरु सकिएको छ भने सपिङ गरेर ढोकामा राखिदिने, वहाँहरुलाई फोनबाट हुन सक्ने सरसल्लाह, सुझाव दिने र चाहिने साधारण औषधिहरु किनेर ढोकामा राखिदिने लगायतका सहयोग गर्ने योजना छ । सो कार्यका लागि केन्टमा बसोवास गर्ने डाक्टर र नर्सहरु सम्मिलित टोली बनाउन आफू लागिसकेको उनले बताए । “मंगलबार नै हामीले निर्णय गरेर काम अघि बढाइसक्यौं”, उनले भने, “एनएचएस तथा १११ हेल्पलाइन काम फोन लागेन भने अनलाईनबाट कसरी सम्पर्क गर्ने भनेर सिकाउने छौं ।”

यसैवीच, जनहितका जारी यस्तो कार्यका लागि नेपाल पत्रकार महासंघ यूकेले अभियान नै थालेको छ । त्यसका लागि यहाँस्थित अनलाईन समाचारहरुमा सचेतना जगाउने समाचारहरु एक सातादेखि पत्रकारहरुले प्रकाशित गरिरहेका छन् । त्यसवाहेक अल्डरसट र फार्नवरोबाट व्यक्तिगत रुपमा पनि यस्तो पहल सुरु भएको छ ।

डार्टफोर्ड नेपाली समाजको आजको अर्जेण्ट बैठकले बुदागत रुपमा निम्न कुरा गर्ने तय गरेको कुरा सबै डार्टफोर्डबासी नेपाली समुदायमा अनुरोध गर्दछौं । यसबारे थप अवगत गराउँदै जानेछौं ।

१. महत्वपूर्ण रुपमा सचेतना तथा ‘मोरल सपोर्ट’ प्रदान गर्दै डार्टफोर्डवासी नेपालीहरुमा संस्था सहयोग र हातेमालो गर्न तैयार रहेको अनुरोध गर्ने ।

२. यदि कुनै परिवारलाई बर्तमान संकट परेको अवस्थामा मानवीयताको आधारमा लजिस्टिक लगायतका क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने, जसकालागि कार्यसमितिभन्दा बाहिर रहेका सदस्यहरुमा समेत आब्हान तथा समन्वय गरी कार्य गर्ने ।

३. स्वयंसेवक तथा स्वास्थयकर्मी मित्रहरुसंग, वहाँहरुको सहमतिको आधारमा परिचालनको प्रारूप बनाई अगाडी बढने ।
यदि तत्काल सहयोग गर्नुपर्ने भएमा कृपया कार्यसमितिका पदाधिकारीहरुसंग सम्पर्क गर्नु सक्नुहुनेछ ।

डार्टफोर्ड नेपाली समाज
स्वयंसेवी समूहमा रहेका व्यक्तिहरु

गजेन कट्वाल ०७५९५६६७०२६

लेखनाथ खरेल ०७९२१५६४५०७

हरि हड्खले ०७९५०२३८२३१

तथा कार्यसमितिका सदस्यहरु

प्रतिक्रिया

सम्बन्धित सामाग्री