नयाँवर्षको अवसर पारेर युकेबाट नेपाली लिंक शुरु

लन्डन । नेपाली लिंक डटकमले नेपाली नयाँवर्षको अवसर पारेर आफ्नो औपचारिक प्रकाशन शुरु गरेको छ ।

सो न्युज पोर्टलले एक साताअघि परीक्षण प्रसारण थालेको थियो ।

आफ्नो पोर्टलमा बेलायतस्थित नेपाली समुदाय र संसारभरका राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, अध्यागमन, समसामयिक विषयवस्तु, खेल, कला साहित्य, सफलताका कथा, सामुदायिक गतिविधि प्राथमिकतासहित समेटिने नेपाली लिंकले जनाएको छ ।

‘समुदायका सूचना र समाचारहरु पस्किने मात्र होइन, एकआपसको सद्भाव र एकता बढाउने लक्ष्य समेत लिएर नेपाली लिंक तपाईंहरुमाझ आइपुगेको छ’, नेपाली लिंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘समाचार र सूचनाका माध्यमले संसारभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने लिंकका रुपमा अघि बढ्ने हाम्रो अठोट छ ।’

नेपाली लिंक लिमिटेडले डिजिटल मिडिया (न्यूज पोर्टल) नेपाली लिंक सञ्चालन गरेको हो । बेलायत रहेर लामो समयदेखि नेपालका मिडिया र ब्रिटेनमै पत्रकारितामा संलग्न पत्रकारहरु नवीन पोखरेल, ध्रुवराज अर्याल र नरेन्द्र बस्नेत नेपाली लिंकमा आवद्ध छन् ।

‘निष्पक्ष, स्वतन्त्र, समावेशी, सत्यतथ्य र सामाजिक उत्तरदायित्वमा आधारित पत्रकारिता हाम्रो स्वार्थ छ । हामी न कसैको प्रभाव र दवावमा पर्नेछौं, न कुनै पक्षको मुखपत्रका रुपमा प्रस्तुत हुनेछौं’, उसले दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री