अध्यक्ष पन्तद्वारा कोभिड १९ सहयोगका लागि एनआरएनए कोरियालाई धन्यवाद

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले दक्षिण कोरिया राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कोरियालाई कोभिड १९ महामारीमा नेपाललाई  सहयोगका लागि धन्यवाद दिएका छन् ।

अध्यक्ष पन्तले १४ अप्रिलमा एक पत्रमार्फत एनआरएनए एनसीसी कोरियाले कोरोना भाइरसको महामारी बिरुद्धको अभियानमा गैरआवासीय नेपाली संघ सहकार्यमा ठूलो योगदान गरेकोमा धन्यवाद ज्ञापन गरेका हुन् । एनआरएनए कोरियाले कोरियामा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट खरिद गरेर पठाएको करिब ६० लाख नेपाली रुपैयाँ बराबरको सुरक्षा सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण समेत गरिएको छ ।

‘एनआरएनए एनसीसी कोरियाले नेपालमा आपत विपद परेको बेलामा विगतमा पनि धेरै सहयोग गरेको इतिहास छ । यस संक्रमणको बेलामा कोभिड १९ बिरुद्धको लड्ने अभियानमा सहयोग उक्त उपकरणहरुको सहयोगका लागि व्यक्तिगत र संस्थाको तर्फबाट कृतज्ञता व्यक्त गर्दछु’- उनले प्रशंसा गर्दै पन्तले भने । उनले नेपालीहरुको लागि ठूलो सहयोग हुने अपेक्षा गरेको एनआरएनए सूचना तथा संचार उपसंयोजक कृष्ण केसी जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री