पुष्पा घलेको मृत्यु कोरोनाबाट भएको पुष्टी (अपडेट)

लन्डन । शनिवार लण्डनमा बितेकी पुष्पा घलेको निधन कोरोना संक्रमणबाट भएको जानकारी परिवारले दिएको छ ।

यसअघि वीनेपालीले पुष्पा घलेको निधन ‘कोभिड १९’ बाट भएको समाचार प्रकाशित गरेको थियो जसप्रति उनको परिवारले आपत्ति जनाउँदै उनको मृत्यु ह्दयघातबाट भएको दाबी गरेको थियो । तर विहीबार परिवारले वीनेपालीलाई सम्पर्क गर्दै उनको मृत्यु कोरोनाबाट भएको पुष्टी गरेको छ ।

पोखरा घर भई हाल सडवरी टाउन बस्दै आएकी ३९ वर्षीय पुष्पा घले एक केयर होममा काम गर्दै आएकी थिइन् । स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । उनको श्रीमान पनि कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका थिए र अहिले डिस्चार्ज भएका छन् । उनीहरुको छोरा करीव ९ महिना उमेरको छ ।

उनी विगत १० वर्षदेखि युएनआरसी नेपलिज चर्च वेम्व्लीकी सदस्य थिइन् । उनको अन्त्येष्ठी सो चर्चबाट गरिने चर्चका  सुरेन्द्र सुनुवारले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री