कोरोनाबाट अर्का लण्डनमा पूर्व गोरखा सैनिकको निधन

 

लण्डन । कोरोना संक्रमणबाट पूर्व गोरखा सैनिक घन्वीर थापा मगरको निधन भएको छ ।
७५ वर्षीय थापाको बुधबार लण्डनको किँग्स्टन अस्पतालमा निधन भएको छोरा भक्त थापाले बताउनु भयो ।
पहिल्यैदेखि ब्लड प्रेसर लो भएका थापाको शरीरमा अक्सिजनको मात्रा कमी भएपछि अस्पताल भर्ना भएका थिए । उनी गत मंगलबार अस्पताल भर्ना भएका थिए ।
पुर्ख्यौली घर पाल्पा गोठादी भएका थापाको हालको बसोबास बुटवलको देवीनगरमा थियो । उनी बेलायतको दक्षिण पश्चिमी शहर न्यू माल्डेनमा श्रीमतीसहित बस्दै आएका थिए । अहिले श्रीमती आफ्नै निवासमा सेल्फ आइसोलेसनमा छिन् ।

थापाको आर्मी नम्बर  २११५५६३१ रहेको छ । उनी सेकेण्ड सेकेण्ड गाेरखा राइफल्सका हुन् ।
उनको दुई छोरा, एक छोरी छन् । जेठा छोरा र छोरी नेपालमा छन् भने कान्छा छोरा बहराइनमा छन् ।
थापा सन् २००९ देखि युकेमा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री