पूर्व रापंस नन्दजंग गुरुङको युकेमा निधन

लण्डन । पूर्व राष्ट्रिय पन्चायतका सदस्य नन्दज‌ंग गुरुङको सोमबार बेलायतमा निधन भएको छ ।

तत्कालीन लमजुङको ताङतिङ गाउँमा जन्मेका गुरुङको ८७ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको उनका नातेदार तथा लण्डन बार्नेट बरो काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङले जानकारी दिए ।

गुरुङ २०२१ सालमा तत्कालिन लमजुङ जिल्लाबाट राष्ट्रिय पन्चायतको सदस्य निर्वाचित भएका थिए । त्यसअघि उनी लामो समय गाउँको उपप्रधानपन्च रहेर समाजसेवा गरेका थिए । बहुदल आएपछि पनि उनी क्षेत्रीय सदस्य निर्वाचित भएका थिए ।

ताङतिङ गाउँ पहिले लमजुङमा पर्थ्यो र २०३२ सालदेखि कास्कीमा गाभिएको हो ।

उपमेयर गुरुङ भन्छन्, ‘उहाँ गाउँकाे विकास र समाजसेवामा धेरै लामो समय सक्रिय हुनुहुन्थ्यो ।’

उहाँ गुरुङ जातिको पण्डित हुनुहुन्थ्यो । गुरुङको सँस्कार, सँस्कृति, इतिहासमा उहाँ निपूण हुनुहुन्थ्यो ।

गुरुङ केही वर्षदेखि क्यान्सर रोगबाट थलिएका थिए । करिब एक वर्षयता उनी केयर होममा रहँदै आएका थिए ।

उनको श्रीमती, चार छोरी र एक छोरा रहेका छन् । उनका छोरा तर्कजंग पनि समाजसेवामा सक्रिय छन् । उनी नेपाल भूतपूर्व सैनिक स‌ंघ नेसाका महासचिव छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री