कोरोना संक्रमणबाट पोखराका गुरुङको लण्डनमा निधन

लण्डन । कोरोना भाइरस संक्रमणबाट लण्डनमा एक नेपालीको मृत्यु भएको छ ।

पुर्ख्यौली घर लमजुङ पोखराथोक भई हाल लण्डनको पेरिभेलमा बस्दै आएका ४८ वर्षीय आइतबहादुर गुरुङको बुधबार बिहान लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।पारिवारिक स्राेतलाई उल्लेख गर्दै तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले दिएको जानकारीअनुसार उनलाई एक गत म‌ंगलबारदेखि अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएकोमा बुधबार बिहान करिब ३ बजे अस्पतालबाट उनकाे निधन भएकाे जानकारी परिवारलाई दिइएको थियो ।

गुरुङको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रियाबाट जाति भई उनी काममा फर्किएका थिए ।

उनी १४ वर्षअघि हङकङबाट युके आएका थिए । उनको श्रीमती र एक छोरा छन् ।

उनको हाल नेपालमा बसोबास पोखरा मिलन टोलमा थियो । ससुराली तनहुँ मेवाबारी भएका कारण उनी तनहुँ तमु समाज पोखराका सदस्य पनि रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री